• २०७८ कार्तिक ८ गते सोमवार
  • Preeti To Unicode

मुटुको क्यान्सरबाट पीडित दाङका कल सिंह केसीकाेे उपचारमा अार्थीक अभाव


असोज १९, काठमाण्डौं ।

दाङका कल सिंह केसीकाेे मुटुको क्यान्सर हुँदा उपचार गर्न अार्थीक अभाव हुँदा हस्पिटलको बेडमा छट्पटाइरहेका छन् ।

बंबइ गाँउपालिका वडा नम्बर २ घर भएका केसी गएकाे बैसाख देखि मुटुको क्यान्सर भएर अहिले धुलिखेल हस्पिटलको बेडमा उपचाररत छन। उनकाे उपचारमा अार्थीक अभाव भएकाे परिवारले जनाएकाे छ ।

कालिमाटी गाउपालिका १ चोथ्रेमा शैक्षिक पेशा गर्दै आएका उनको उपचारको लागी अझै २० लाख लाग्ने अस्पतालले जनाएकाे छ ।

भएको रकम अहिलेसम्म उपचार गर्दागर्दै सकिएर आर्थिक स्थिति कमजोर हुँदै गएपछि परिवारले सहयोगको लागि सबैलार्इ अनुरोध गरेको छ । अहिले विभिन्न व्यक्तीहरुले पीडितलार्इ सहयाेग गरिरहेकाे सहयाेगी अभियान्ता झुपु क्षेत्रीले बताए ।

उनलाई सहयोग गर्न चाहाने ब्यक्तिहरुले ०२७००३४८९५२००००१ खाता नम्बरमा पैसा हाल्दिन सक्ने कुरा पारिवारिक स्रोतले जनायो। साथै आव्यश्यक जानकारीका लागि ९८२३४९८२०१ नम्बरमा कल गर्न समेत सकिनेछ।

प्रकाशित मिति : २०७५ असोज १९ गते शुक्रवार