असोज १९, सल्यान ।
सल्यानको शान्ती नगरका एक बादी घरबार बिहिन भएका छन् । बिगत १५ बर्ष देखी उनी घरबार बिहिन भएका हुन् । उमेरले ६० पुगेका बिर बहादुर बादी आफुु बस्ने घर नभएपछि घर नजिकैको पौवा (पाटी)मा बस्दै आएका छन् । सल्यानको शारदा नगरपालिका वडा नम्बर–१ शान्ती नगरमा पुर्खौली घर भएका उनी अहिले आर्थिक अवस्था कमजोर भएकै कारण घरबार बिहिन हुनु परेको छ ।
सडक निर्माण गर्दा घर भत्किएपछि आफु घरबार बिहिन भएको उनले बताए । ‘कसैले मेरो घर बनाउनको लागी केही सहयोग गरिदिएमा भगवान सरह मान्ने थिए, बुढेसकाल भई सक्यो नत बुढेसकालको सहारा छोरा छ, नत घर नै छ,’ दुखी हुंदै उनले भने —‘जब सम्म आप्mनो हात चल्छ त्यतींजेल सम्म त खाना जुंटाउँला तर पछि कस्ले पो हेर्ने होला भनेर चिन्ता लाग्छ ।’
घरबार बिहिन भएका उनलाई अहिले पुर्खाले गरेको मादल बनाउने पेसाले हात मुख जोर्न सहयोग गरेको छ । ‘म प्राय जसो गाउँतिर जाने गर्छु, त्यहीं मादल मोर्ने, मादलमा गोठी हाल्ने, मादल बजाउने गित गाउने गरेर छाक टार्ने जोहो गरि रहेको छु । यहाँ कहिलै दुख सुख परेको बेला आउँदा यही पौवा बास बस्ने थलो बनेको छ’ —उनले भने । जाडो गर्मी बर्खा जहिले र जुन सुकै समयमा पनि पौवामा नै गुजारा गर्ने गरेको उनको भनाई छ ।