• २०७८ कार्तिक ८ गते सोमवार
  • Preeti To Unicode

सल्यानको चेतना सामाजिक उद्यमी सहकारी सात बर्षमा प्रवेश, मन्त्री ज्वालाद्वारा उद्घाटन


मिना खड्का
असोज २०, सल्यान ।
सल्यानको शारदा नगरपालिका ३ मा रहेको चेतना सामाजिक उद्यमी सहकारी संस्था लिमिटेड आजदेखि ६ बर्ष पार गरेर ७ बर्षमा प्रवेश गरेको छ । संस्थाले आज एक कार्यक्रमका बिच आफ्नो सातौँ बार्षिक साधारण सभा एम एम एकाडेमी खलंगामा सम्पन्न गरेको छ ।

जिल्लाको सबै ठाउँमा सेवा दिदै आएको उक्त संस्थाले कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा संस्थाले अहिले सम्म गरेका सम्पुर्ण कामहरुको बारेमा जानकारी र आगामी दिनमा गर्ने कामको योजनाबारे प्रष्ट पारेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अथिती मन्त्री ज्वालाले सहकारीको नमुना रुप भनेको व्यवसायी विस्तार भएको बताएका छन् । उनले सहकारी भनेको सहकार्य भएकाले सबैसँग मिलेर काम गर्नुपर्न बताए ।
मन्त्री ज्वालाले सरकारीले व्यवसायीहरुलाई उद्योगी बनाएर उत्पादनलाई बजारीकरण गर्न बिषेश भुमिका खेल्नुपर्ने बताएका छन् । संस्थामा आवद्द व्यक्तीहरुलाई सिप सिकाउन पनि उनले सहकारीलाई आग्रह गरेका छन् ।

कार्यक्रममा बोल्दै विशिष्ट अथिती प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले सरकारीको विकास नभएसम्म अरु विकास हुन गाह्रो हुने बताएका छन् । त्यसको लागी सहकारीबाट ऋिण लिएर व्यवसायी विस्तार गर्न सकिने उनको भनाई छ । उनले सल्यानमा कृषिको राम्रो संभावना भएकाले कृषिमा व्यवसायीक लगानी गर्न आग्रह गरेका छन् ।

कार्यक्रममा मन्त्री ज्वाला, प्रजिअ ढकाल, नेपाल कम्युनिस्ट पार्टीका नेता भिम प्रकाश शर्मा, रमेश गौतम, शारदा नगरपालिका ३ का वडा अध्यक्ष लगाएत पत्रकार, चेतना सामाजिक उद्यमी सहकारीका कर्मचारी, सेयर सदस्यहरुको उपस्थीति रहेको थियो ।

यस्तो छ चेतनाको गतिविधि

प्रकाशित मिति : २०७५ असोज २० गते शनिवार