• २०७८ कार्तिक १ गते सोमवार
  • Preeti To Unicode

आईसिसी विश्व टी–ट्वान्टी क्रिकेट एसिया छनोटमा नेपालको जित


असोज २०, काठमाण्डौँ ।
मलेसियामा जारी आईसिसी विश्व टी–ट्वान्टी क्रिकेट एसिया छनोट समूह ‘बी’ मा नेपालले लगातार दोस्रो जित निकालेको छ ।

सनिबार भएको खेलमा आयोजक मलेसियालाई ८ विकेटले हराएर नेपालले दोस्रो जित निकालेको हो । क्वालालम्पुरस्थित वायुमास ओभलमा मलेसियाले दिएको १ सय १ रनको लक्ष्य नेपालले १२ ओभर ४ बलमा मात्र २ विकेट गुमाएर पुरा ग¥यो ।

नेपालको जितमा कप्तान पारस खड्काले अर्धशतकीय पारी खेले । उनले अविजित ५२ रन बनाए । यस्तै उपकप्तान ज्ञानेन्द्र मल्लले अविजित २७ रन बनाए ।

यसअघि टस जितेर ब्याटिङ गरेको मलेसियाले १९ ओभर ३ बलमा अलआउट हुँदै सय रन बनाएको थियो । नेपालका युवा बलर सन्दीप लामिछाने चम्किएपछि मलेसिया सस्तैमा समेटिएको थियो । मलेसियालाई सस्तैमा समेट्न लेग स्पिनर सन्दीपले ५ विकेट लिए ।

त्यस्तै सोमपाल कामीले ३ विकेट लिंदा कप्तान पारस खड्काले एक विकेट लिनुभयो । अब नेपालले तेस्रो खेलमा भोली थाइल्याण्डविरुद्ध खेल्नेछ ।

प्रकाशित मिति : २०७५ असोज २० गते शनिवार