• २०७८ कार्तिक ८ गते सोमवार
  • Preeti To Unicode

सल्यानमा ८१ करोडको लागतमा विमानस्थल बन्दै, यस्तो छ एर्पोटको परिकल्पना (भिडियो सहित)


लेकाली अनलाइन
असोज २१, सल्यान ।
सल्यानको लेखपोखरामा बन्ने विमानस्थलको सम्भाव्यता अध्ययन गरेपछिको विवरण छत्रेश्वरी गाउपालिकाले सार्वजनिक गरेको छ ।

आइतबार गाउँपालिकामा एक कार्यक्रमको आयोजनागरी वडा नम्बर ५ मा पर्ने लेखपोखराको डाँडामा प्रस्ताव गरिएको छत्रेश्वरी विमानस्थल सम्भावित अध्ययन प्रतिवेदन सार्वजानिक गरिएको हो ।
अनुमानित ८१ करोड लागत अनुमान गरिएको उक्त विमानस्थल वनाउदा धावन मार्गका लागी चाहीने जमिन ६ सय ३० मिटर प्रसस्त पुग्ने र केही जग्गा सार्वजानिक भएको र केही सामुदायिक वनको भएकोले प्रकृयाको हिसावले पनि सजिलो रहेको र प्राविधिक रुपमा चाहिने जमिन प्रसस्त रहेको प्राविधिक टोलिको प्रतिवेदनमा जनाइएको छ ।

भु वनावटको हिसावले पक्कि जमिन भएकोले ग्राउण्डका लागी प्रसस्त र राम्रो जमिन रहेको सार्वजनिक प्रतिवेदनमा जानकारी गराइएको छ । सल्यान र रोल्पा जिल्लाका पश्चिमी भोगका करीव ३ लाख ५० हजार जनसंख्यालाई लक्षित गरी अध्यन थालिएको विमानस्थलमा १९ सिटे टुईनेटर विमानहरु अवतरण गर्न सक्नेछन ।

छत्रेश्वरी गाँउपालिका अध्यक्ष सन्तोष केसीका अनुसार यो छत्रेश्वरी गाँउपालिकाको लागी त हुदै हो त्यति मात्र नभएर सिंगो सल्यानका लागी ड्रीम प्रोजेक्ट भएकाले ले अहिले नै लागत देखेर डराउनु पर्ने अवस्था नरहेको धारणा व्यक्त गरे ।

उनले भने – “हामी भन्दा कमजोर र सानो जमिन भएका स्थानमा विमानस्थल सुचारु भएका छन त्यसैले हाम्रो लागी यो अवसर पनी हो । शुरुमा धरैलाई सुन्दा अपत्यारीलो लाग्न सक्छ तर सवैको सहकार्य सहयोग ले यो सम्भावना पनी छ र बनाउनु पनि पर्दछ ।”

छत्रेश्वरी गाँउपालिका वडा नम्बर ५ मा अवस्थित प्रस्तावित छत्रेश्वरी विमानस्थलको अध्ययन गर्ने जिम्मा पाएको आरम्भ आर्केटेक्ट एण्ड ईञ्जिजिनियर्सको टिमले अध्ययन प्रतिवेदन सार्वजनिक गरेकोे हो ।

कार्यक्रममा सहभागिहरुले भएका विमानस्थल पनि संचालनमा ल्याउन नसकेको अवस्थामा विमानस्थल बनाउछु भन्नु चुनौति भएको बताउदै सोचेर काम गर्न सुझाव दिएका छन ।

लेखपोखरामा बन्ने विमानस्थलको परिकल्पना यस्तो गरिएको छ, हेर्नुहोस् भिडियो

प्रकाशित मिति : २०७५ असोज २१ गते आइतवार