• २०७९ असोज १३ गते बिहिवार
  • Preeti To Unicode

सल्यानमा ढुंगाले लागेर मृत्यु भएका डाँगीका परिवारलाई एक लाख सहयाेग


लेकाली अनलाइन
असोज २१, सल्यान ।
सल्यानमा ढुंगाले लागेर मृत्यु भएका एक व्यक्तीका परिवारलाई राहत वितरण गरिएको छ ।

गत भदौ २३ गते ढुंगा लागेर मृत्यु भएका कालिमाटी गाउँपालिका वडा नम्बर १ दलपुरेका भक्त बहादुर डाँगीका परिवारलाई राहत प्रदान गरिएको हो । मृतक डाँगीकी श्रीमती डम्बरी डाँगीलाई प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले एक लाखको चेक प्रदान गरेका हुन् ।

गत भदौ २३ गते छिमेकीको मलामीबाट घर फर्किदै गर्दा कालिमाटी गाउँपालिका वडा १ स्थित चापिज्यूलामा बाटो माथिबाट आएको ढुंंगा लागेर घटनास्थलमै डाँगीको मृत्यु भएको थियो । मृतक डाँगाका एक श्रीमती, एक छोरा र ४ छोरी रहेका छन् ।

प्रकाशित मिति : २०७५ असोज २१ गते आइतवार