• २०८० मङ्सिर १५ गते शुक्रवार
  • Preeti To Unicode

सल्यानमा शैक्षिक सुधारका लागी अनुभव आदानप्रदान


असोज २१, सल्यान ।

सल्यानमा शैक्षिक सुधारका लागी अनुभव आदानप्रदान सम्पन्न भएको छ । जिल्लाको कपुरकोट गाउँपालिकामा नेपाल राष्ट्रिय शिक्षक संगठनले आयोजना गरेको दशैँ तिहारको शुभकामना आदानप्रदान तथा शैक्षिक सुधारका लागी हाम्रो भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा अनुभव आदानप्रदान भएको हो ।

कार्यक्रममा कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले शिक्षकहरु नियमित विद्यालय गएर पठनपाठनमा सक्रिय बन्ने हो भने मात्रै पनि शिक्षा क्षेत्रमा ठूलो परिवर्तन आउने धारणा राखे । तर शिक्षा क्षेत्रको विकासका लागी शिक्षकको मात्रै नभएर अभिभावकको पनि ठूलो जिम्मेवारि रहनुपर्नेमा जोड दिए ।

यस्तै गाउँपालिका उपाध्यक्ष तिला बुढा, प्रमुख प्रशासकीय अधिकृत सुवाश रिजाल, वडा नम्बर १ का वडा अध्यक्ष बालाराम खड्का, ५ का अध्यक्ष यम कुमार वस्नेत, ६ का अध्यक्ष हेरम बहादुर बुढाथोकीले बोल्दै तालिमप्राप्त शिक्षक, विद्यार्थी मैत्री कक्षाकोठा, शैक्षिक प्रणालीको निरन्तर रूपमा निरीक्षण, मूल्यांकन तथा स्तरोन्नतिको आवश्यकता औँल्याए ।

कार्यक्रममा शिक्षा शाखा कपुरकोटका प्रमुख कृष्ण भण्डारी, शिक्षक महासंघ कपुरकोटका अध्यक्ष श्याम कुमार केसी, नेपाल राष्ट्रिय शिक्षक संगठन कपुरकोटका अध्यक्ष पदम खड्का, शिक्षक संघका अध्यक्ष रुपलाल यरी, विभिन्न विद्यालयका प्रअ लगाएतकाले शुभकामना मन्तव्य राख्दै शिक्षकमा शिक्षण कला आवश्यक रहेकोमा जोड दिएका थिए ।

प्रकाशित मिति : २०७५ असोज २१ गते आइतवार