असोज २२, सल्यान।
जिल्ला ब्याडमिन्टन संघ सल्यानको आयोजनामा जिल्ला स्तरिय तेश्रो पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । शनीबार देखी शुरु भएको प्रतियोगिता आईतबार सम्पन्न भएको हो ।
ब्याडमिन्टन खेललाई व्यापक र विकास गर्नका लागि संचालित प्रतियोगितामा सल्यान जिल्ला भरीका १८ टिमले सहभागिता जनाएका थिए । प्रतियोगितामा जोती सुनार र हरी प्रशाद न्यौपाने प्रथम, नेत्र वली र भरत बस्नेत द्धितीय, बिक्रम के सी र हरी राम्जा मगरले तृतीय स्थान हासिल गरेका छन । विजेता खेलाडिहरुलाई नगद सहित प्रमाणपत्र बितरण गरिएको छ ।
प्रतियोगितामा प्रथम हुनेले दश हजार नगद सहित मेडल र प्रमाण पत्र, द्धितिय हुनेले नगद आठ हजार र प्रमाणपत्र तथा तृतिय हुनेले पाँच हजार नगद सहित प्रमाणपत्र पाएको जिल्ला व्याडमेन्टन संघका अध्यक्ष मान बहादुर मल्लले जानकारी दिएका छन ।