• २०७८ कार्तिक १ गते सोमवार
  • Preeti To Unicode

सल्यानका मृगौला पीडित बुद्धिरामको भारतमा निधन


लेकाली अनलाइन
असोज २२, सल्यान ।
सल्यानको बन्गाडकुपिण्डे नगरपालिका ११ निवासी बुद्धिराम कामीको भारतको गोवामा मृत्यु भएको छ । ३६ वर्षीय उनी लामो समय देखि दुबै मृगौला रोगबाट पीडित थिए ।

उनको आइतबार गोवा मेडिकल कलेजमा उपचारको लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । आर्थिक अवस्था कम्जोर भएका कारण उनको मृगौलाको डायलोसिस समेत हुन सकेको थिएन । मृतक कामीका एक छोरा एक छोरी छन् ।

श्रीमती भने केही महिना अगाडी देखि परिवारको सम्पर्कमा नरहेको मृतकका दाजु कृष्ण सिर्पालीलाई उदृढ गर्दै हाम्रा समाचारदाता लोकेन्द्र सिर्पालीले जानकारी दिएका छन ।

मृतक उनको शव सोमबार नै अन्त्यष्टि गरिएको छ । उनको अन्त्यष्टिका लागि साेमबार बिहान १० बजे बाम्बोलिम हस्पिटल गोवामा प्रवासी नेपाली दाजुभाई दिदिबहिनीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७५ असोज २२ गते सोमवार