• २०७८ कार्तिक ८ गते सोमवार
  • Preeti To Unicode

शिक्षालार्इ कृषिमुखि र अर्गानीक खेती गरेर सल्यान दार्माकाे पहिचान झल्काउछाैँ : अध्यक्ष केसी


लेकाली अनलाइन
असोज २२, सल्यान ।

सल्यान दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसी (अरुण)ले शिक्षालार्इ कृषि र उत्पादनमुखि बनाउनु पर्ने बताएका छन् ।

दार्मा गाउपालिकाको फारुलाचौरमा रहेको जनज्योती माद्यामिक बिद्यालयकाे प्रांगणमा सोमबार आयोजित पढाई मेला तथा बिद्यालय स्तरीय शैक्षिक सामाग्री प्रर्दशनी र लोक नृत्य प्रतियोगिता कार्यक्रममा बाेल्दै उनले अब दार्मा गाउँपालिकाकाे शिक्षालार्इ व्यवसायीक शिक्षामा जाेडेर उत्पादनमुखि बानउने बताएका हुन् । उनले अाफ्नाे गाउँपालिकामा कृषिकाे धेरै संभावना भएकाले युवाहरुलार्इ कृषिमा अाकर्षित हुन अाग्रह गरेका छन् ।

दार्मा गाउँपालिकामा दुधकाे धेरै संभावना भएकाले किसानहरुलार्इ भैसि पालनमा अाकर्षित गरि दुध उद्याेग खाेल्ने उनले बताए । अर्गानीक खेती गरेर दार्माकाे पहिचान झल्काउने उनकाे भनार्इ छ ।

उनले भने- “अहिले पनि शिक्षा पुरानाे छ, अब यसलार्इ डिजिटल र प्राविधिक तर्फ लिनु पर्छ । शिक्षालार्इ व्यवहारीक बनाएर श्रम गरिखाने बनाउनु पर्छ ।” सरकारले मात्रै एक्लै गर्न नसक्ने भन्दै उनले जनताकाे पनि साथ हुनुपर्ने बताए । अाफुहरुले जनतालार्इ बुझाउने र याेजना बनाउने अनि जनताले अाफुहरुलार्इ साथ दिनुपर्ने उनकाे भनार्इ छ ।

दार्मा गाउँपालिकाकाे शिक्षा क्षेत्रमा जम्मा पुजिगत बजेट ८९ लाख छुट्याएकाे उनले बताए । जसमा विद्याललयकाे शैक्षिक वातावरण सुधारमा मात्रै ३६ लाख छुट्याएकाे छ ।

प्रकाशित मिति : २०७५ असोज २२ गते सोमवार