• २०८० मङ्सिर १७ गते आइतवार
  • Preeti To Unicode

सल्यानमा एक व्यक्तीले गरे ७० जना जेहेन्दार, गरिब तथा विपन्न विद्यार्थीलार्इ सहयाेग


लेकाली अनलाइन
असोज २३, सल्यान ।

सल्यानमा एक व्यक्तीले जेहेन्दार, गरिब तथा विपन्न विद्यार्थीहरुलार्इ पाेसाक तथा नगत रुपैया वितरन गरेका छन् ।

जिल्लाकाे बागचाैर नगरपालिकाका विभिन्न वडाहरुमा रहेका विद्यालयका ७० जना विद्यार्थीहरुलार्इ साेहि नगरपालिका निवासी ज्ञानेश्वर फाउन्डेसनका संचालक ज्ञानेश्वर केसीले पाेसाक तथा नगत रुपैया सहयाेग गरेका हुन् ।

दशै तथा तिहारकाे अवसर पारेर साेमबार उनले नगरका वडा नम्बर ४, ५, ६, ७, ११ र १२ मा पर्ने सरस्वती मावि पेदिखोलाका १० जना, राष्ट्रिय आधारभूत बिद्यालयका ५ जना, सरस्वती आधारभूत बिद्यालयका ५ जना, शिशु जागरण आधारभूत बिद्यालयका ५ जना, बालकन्या माविका २५ जना, शिशु कल्याण माविका १० जना, दुर्गा सरस्वती माविका १० जना गरी जम्मा ७० जना विद्यार्थीहरुलाई स्थानीय जनप्रतिनिधिको समन्वयमा उक्त बिद्यालयमा गई बिद्यालय पोशाक र प्रति विद्यार्थी एक सय रुपैयाँ नगद वितरण गरिएको साे फाउन्डेसनले जनाएकाे छ।

फाउन्डेसनका संचालक श्री ज्ञानेश्वर केसीले सेवा नै धर्म हो भन्ने उद्देश्यले विगत २५ बर्षदेखि सामाजिक क्षेत्रमा काक गर्दै अाएकाे बताएका छन् । उनले यही उद्देश्यले आफ्नो ब्यक्तिगत लगानीमा पोसाक तथा नगद बितरण गरिएको बताए ।

कुनै राजनीतिक आग्रह पूर्वाग्रह विना सामाजिक सेवामा तल्लिन भई काम गर्ने बताउदै केसीले On The sport मा नै गई सेवाको भावले विद्यालय स्थरमा यो कामको लागि तल्लीन भएकाे दावी गरेका छन्। यस बाहेक यि विद्यालयहरुमा प्रति कक्षा स्वच्छ फिल्टर वितरण गर्ने कार्यक्रमकाे योजना रहेको बताउदै उनले आफ्नो आम्दानीको केही अंश सामाजिक क्षेत्रमा लगानी गर्ने बताए ।

प्रकाशित मिति : २०७५ असोज २३ गते मङ्गलवार