• २०७८ कार्तिक ८ गते सोमवार
  • Preeti To Unicode

सल्यानकाे कालिमाटीमा खुल्याे नेपाल बङ्गलादेश बैंक


लेकाली अनलाइन
असोज २३, सल्यान

सल्यान कालिमाटी गाँउपालीकाको रामपुरमा नेपाल बङ्गलादेश बैंककाे शाखा स्थापना भएको छ । याे बैंकले यो ८० औँ शाखाकाे रुपमा रामपुरमा शाखा स्थापना गरेकाे हाे ।

शाखाको उद्घाटन बैंक संञ्चालक समितिका डाइरेक्टर मुकुन्द ढुङ्गेलले गरेका हुन् । उद्घाटन गदै ढुङ्गेलले बैंकले बचत, एटिएम, निक्षेप संकलन, कर्जा प्रवाह, रिमिटेन्स सेवा तथा पैसा पठाउने  र ल्याउनुका साथै अन्तर बैंकको सम्पुर्ण कारोबार गर्ने बताए । उनले सेवा ग्राहीलाई सबै किसिमको सेवा दिने बताएका छन् ।

उद्घाटन कार्यक्रममा बाेल्दै कालिमाटी गाँउपालिका अध्यक्ष दानवहादुर केसीले सानो आर्थिक कारोवारका लागि सल्यान सदरमुकाम खलंगा जानु पर्ने बाध्यता अन्त्य भएको भन्दै खुसी ब्यक्त गरेका छन् । शाखा स्थापना भएसंगै कालिमाटी गाउँपालिका केन्द्र रापपुर वजारमा आर्थिक क्रियाकलाप समेत बढ्ने केसीकाे भनार्इ छ ।

उक्त बैंककाे शाखामा शाखा प्रवद्धक मिन राज अधिकारीको नेतृत्वमा ५ जना कर्मचारी रहने बताइएकाे छ ।

प्रकाशित मिति : २०७५ असोज २३ गते मङ्गलवार