• २०७८ कार्तिक ९ गते मङ्गलवार
  • Preeti To Unicode

कलाकार संघका अध्यक्षको निधन


पूर्ण केसी
असोज २३, दाङ ।

चलचित्र कलाकार संघका केन्द्रिय अध्यक्ष रामकेशर बोगटीको निधन भएको छ । मंगलबार बिहान आफ्नो घर टिकाथली नजिकै रुख काटेको हेर्ने क्रममा बिजुलीको पोलले लागेर ५८ वर्षीय बोगटीको निधन भएको हो ।

बिहान घरबाट बाहिर निस्किएका बोगटी घर नजिकै रुख काटेको हेर्न गाडीबाट बाहिर निस्किएका थिए । रुख विपरित दिशातर्फ ढलेर ट्रान्समिटर सहितको विजुलीको पोलमा लागेपछि पोल ढलेर उनलाई थिचेको थियो । लगत्तै उपचारका लागि बीएन्डबी अस्पतालमा लैजादै गर्दा उनको निधन भएको हो ।

चलचित्र कलाकार संघकी महासचिव सरिता लामिछानेले उनको निधन भएको पुष्टी गरेकी छिन् । निधनपछि पाटन अस्पतालमा उनको शव पोष्टमार्टम गरिएको छ ।

प्रकाशित मिति : २०७५ असोज २३ गते मङ्गलवार