हुलाक सेवालाई अहिलेको परिवेश सुहाउदो बनाउनु पर्नेमा सल्यानमा जोड


लेकाली अनलाइन
असोज २३, सल्यान ।

प्रविधिको विकासले मानिसको दैनिकीमा फेरवदल आएको सल्यानमा एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । १४४ औ विश्व हुलाक दिवसको अवसरमा आयोजित कार्यक्रममा वोल्ने वक्ताहरुले  फेरिएको प्रविधिलाई आत्मासाथ गरि सेवा प्रवाहको काम गर्ने गरी अझै हुलाक सेवाको आवश्यकता भएको बताएका छन् ।

हुलाक सेवालाई अहिलेको परिवेश सुहाउदो बनाउनु पर्नेमा जोड दिएका छन् । उनिहरुले हुलाक सेवामा जनताको विश्वास कायम रहेकोले अहिले पनि जनताको माग अनुसारको सेवा दिनु पर्ने आवश्यकता औल्याएका छन् ।

जिल्ला हुलाक कार्यालय सल्यानले आयोजना गरेको कार्यक्रममा जिल्ला न्यायधिष मदनवहादुर धामीले नागरिक र राज्य बिचको सम्वन्ध पनि हुलाक सेवाले जोड्ने गरेको बताए । उनले भने- “नयाँ प्रविधिको विकासलाई पनि ध्यान दिनु पर्दछ । समय सापेक्ष हुलाक सेवालाई परिर्वतन गर्न आवश्यक छ ।”

प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले जिल्ला हुलाकलाई स्थानीय स्तरमा सञ्चार क्षेत्रका सबै काम गर्ने गरि विकास गर्नु पर्ने आवश्यकता रहेको बताए । उनले भने– “पत्रपत्रिका, अनलाईन, एफएम रेडियो, केवुल नेट वर्क लगायतका क्षेत्रका काम गर्ने विकास गरिनु पर्दछ ।”

नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष प्रतीक इच्छुक शर्माले परम्परागत रुपमा हुलाक सेवा सञ्चालन हुन नसक्ने बताए । उनले भने- “यो प्रविधिले जनताको जीवन स्तरमा फेरवदल ल्याएको छ । प्रविधिलाई जनता संग जोड्ने यस तर्फ हुलाक सेवालाई जोड्नु पर्दछ ।”

जिल्ला हुलाक कार्यालय सल्यानका प्रमुख धिरेन्द्र वहादुर भण्डारीले चिठी पत्र, पुलिन्दा आदि वस्तुहरु संकलन ,परिवहन का साथै अतिरिक्त हुलाक वचत वैक समेत सञ्चालन गरेको बताए । उनले भने  “हुलाकको समयानुकुल परिवर्तन तथा दिगोपनाको लागि आवश्यक पहल केन्द्रले गरिरहेको छ । अहिले हुलाक वस्तु सञ्चालनमा अनलाईन सेवा पनि सूचारु भएको छ ।”

१४४ औ विश्व हुलाक दिवसकै अवसरमा सल्यानमा रेडियो शारदा एफएम उत्कृष्ट सञ्चार माध्यम रुपमा सम्मानित भएकाे छ । समयमै नविकरण, रोयल्टी वुझाउनुका साथै आचार संहितामा रहेर पत्रकारिता गरेको भन्दै सम्मान गरिएको हो ।

यसैगरी उत्कृष्ठ कार्य गरेका कर्मचारीलाई प्रसंसा पत्र सहित पुरस्कृत भएका छन् । पुरस्कृत हुनेहरुमा गोविन्द हमाल, ईन्द्रवहादुर वली, खिमवहादुर डाँगी, वलदेव शर्मा,शोभाराम केसी, मातृका सुवेदी, मदनलाल केसी, र रुपा थापा रहेका छन् । जिल्ला हुलाक कार्यालय सल्यानमा ५५ जना कर्मचारी कार्यरत रहेका छन् ।

प्रकाशित मिति : २०७५ असोज २३ गते मङ्गलवार