• २०७८ कार्तिक १ गते सोमवार
  • Preeti To Unicode

जिल्ला हुलाक कार्यालय सल्यानमा ८ कराेड भन्दा धेरै रकम बचत


लेकाली अनलाइन
असोज २३, सल्यान ।

जिल्ला हुलाक कार्यालय सल्यानकाे हुलाक बचत बैंकमा ८ कराेड भन्दा धेरै रकम बचत भएकाे छ ।

१४४ औ विश्व हुलाक दिवसकाे अवसरमा जिल्ला हुलाक कार्यालय सल्यानले हुलाक बचत बैंकमा निक्षेप, सावा ब्याज गरि ८ करोड ६ लाख ६९ हजार ७० रुपैयाँ रहेको सार्वजनिक गरेकाे हाे । यहाँ २ हजार ३ सय ३१ जना ले खाता समेत सञ्चालन गरेका छन् ।

यसै गरि आर्थीक बर्ष २०७४/७५ मा राजस्व संकलनबाट १० लाख ९४ हजार उठेकाे छ । हुलाक कार्यालयमा टिकट बिक्री तथा चिठी पत्र रजिष्ट्री, लोक सेवा आयोग दस्तुर, पत्रपत्रिका, एफएम रेडियो दर्ता/नविकरण र रोयल्टीवाट राजस्व संकलन भएको जिल्ला हुलाक कार्यालय सल्यानका प्रमुख धिरेन्द्रवहादुर भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति : २०७५ असोज २३ गते मङ्गलवार