पूर्ण केसी
असोज २३, दाङ ।
नेपाल प्रेस युनियन दाङ शाखाले नयाँ कार्यसमिति पाएको छ । जसको अध्यक्षमा सन्तोष सुवेदी चयन भएका छन ।
यस्तै उपाध्यक्षमा नारायण खड्का, समावेशी उपाध्यक्षमा देव यादव, सचिव आरके शीतल, कोषाध्यक्ष प्रकाश डाँगी तथा सहसचिवमा सपना वोहरा र शिवराज खनाल चयन भएका छन ।
यसैगरी सदस्यहरुमा धुर्ब राज न्यौपाने, सन्तोष के.सी. लगाएतका रहेका छन ।