• २०८० मङ्सिर १७ गते आइतवार
  • Preeti To Unicode

पाँचजना परिवार गुमाएकी सल्यानकी दुर्इ बालिकालाई बालग्राम भिलेज सुर्खेतले लियो


लेकाली अनलाइन
असोज २४, सल्यान ।

अविभावक गुमाएकी सल्यानकी दुर्इ बालिकालाई एसओएस बालग्राम भिलेज सुर्खेतले जिम्मा लिएको छ । सल्यान बागचौर नगरपालिका ४ सिमखोली सेतोगुराँसमा गएकाे भाद्र १३ गते राती घर भत्कदा भएको दुर्घटनामा बाँचेकी ३ बालिका मध्य सुनिता विकलाई यस अघि कोपिला भ्याली सेवा समाज सुर्खेतले जिम्मा लिएकाे थियाे भने बाँकी दुर्इलार्इ पनि सुर्खेतकै बालग्राम भिलेजले जिम्मा लिएकाे हाे ।

कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाकाे पहलमा  पहिरोमा अभिभावक गुमाएका पीडित बालिका कमला विक र पुतला विकलाई उद्धार गरिएको हो । बुबाआमा गुमाएपछि मामा घर तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ९ शिवज्योति टोलमा वस्दै आएका बालिकाहरुकै घरमा पुगेर मन्त्री ज्वालाले उनीहरुको उद्धार गरेका हुन् । उनले वालवालिकाको क्षेत्रमा क्रियाशिल रहेको संस्था एसओएस वालग्राम भिलेज सुर्खेतका निर्देशक मुकुन्द गिरीलाई वालिकाहरुको उद्धारका लागि उनीहरुको मामा घरमा ल्याएका थिए ।

मन्त्री ज्वालाले भने-‘अभिभावक गुमाएर सहारा विहिन भएकाले यिनीहरुको लागि मैले संस्थामा जानकारी गराएर सहयोगका लागि अपिल गरेको हुँ ।’  वालिकाहरुलाई आश्रय दिइरहेको मामा दिलवहादुर विकले उनीहरुलाई छात्रावासमै राखेर अध्यापन गराउन आग्रह गरेपछि दशै लगत्तै उनीहरुलाई सुर्खेत लगेर वालग्राम भिलेजमा अध्यापन गराइने भएको छ ।

सहारा दिने अविभावक नै नभएपछि संस्थाले जिम्मा लिएको हो । उनले राति सुतिरहेको बेला बुबा रामसिंह कामी, आमा रामकला कामी, बहिनी गंगा कामी र प्रमिला कामी अनी भाई रुपलाल कामीलाइ गुमाएकी छन ।

याे पनि पढ्नुहाेस्

पाँचजना परिवार गुमाएकी सल्यानकी टुहुरी बालिकालाई कोपिला भ्यालीले लियो

प्रकाशित मिति : २०७५ असोज २४ गते बुधवार