• २०७८ कार्तिक ८ गते सोमवार
  • Preeti To Unicode

नेपाल पाँचौ खेलमा पनि विजयी, चीन १० विकेटले पराजित !


असाेज २४, काठमाडौं ।

मलेसियामा जारी आईसीसी विश्वकप टी–२० एसिया क्षेत्र छनोट ‘बी’ को पाँचौ खेलमा नेपालले चीनलाई फराकिलो अन्तरले हराएको छ।

चीनले दिएको २७ रनको लक्ष्य पछ्याएको नेपालले बिना कुनै विकेट क्षति १.५ ओभरमा पुरा गरेको हो । नेपालका लागि बिनोद भण्डारीले ८ बल खेल्दै १ छक्का र ३ चौकासहित २४ रन बनाए भने प्रदीप ऐरीले ३ बल खेल्दै ४ रन बनाएका थिए।

यसअघि बायोमास ओभल क्रिकेट मैदानमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको चीनले निर्धारित २० ओभरमध्ये १३ ओभरमा अलआउट हुँदै २६ रनमा समेटियो।

चीनलाई सस्तैमा समेट्ने क्रममा नेपालका सन्दिप लामिछाने, ललित राजबंशी र बसन्त रेग्मीले समान ३-३ विकेट लिए। एक विकेट रन आउटबाट लिएको थियो।

प्रकाशित मिति : २०७५ असोज २४ गते बुधवार