• २०८० मङ्सिर २१ गते बिहिवार
  • Preeti To Unicode

माटोको ढिस्कोले पुरिएर चार बालिका घाइते


असोज २५, महोत्तरी ।

महोत्तरीको औरही नगरपालिका-३ मा माटोको ढिस्कोले पुरिएर चार बालिका गम्भीर घाइते भएका छन् ।

घाइते मध्ये एकको अवस्था गम्भीर रहेको छ । औरही नगरपालिका ३ श्रीपुरका १० वर्षकी मन्तोरिया साह लाइ थप उपचारको लागि जनकपुर अञ्चल अस्पताल लगिएको छ ।

औरही नगरपालिका ३ स्थित जगाह खोलामा माटो लिन गएका बालिकाहरुलार्इ बिहान १० बजे माटोको ढिस्कोले पुरेको हो । पुरिए लगत्तै स्थानीयले उद्दार गरेका थिए ।

यस्तै अन्य घाइते हुनेहरुमा औरही नगरपालिका ३ श्रीपुरका ६ वर्षकी रीता महतो, १२ वर्षकी काजल यादव र ८ वर्षकी वसन्ती यादव रहेको स्थानीय प्रेम यदुबंशीले जानकारी दिए ।

तीनैजना बालिकाको औरही बजारको एक क्लिनिकमा उपचार भइरहेको छ । वडादशै, दिपावली र छठ पर्वको लागि स्थानीयहरु जोखिम मोलेर माटो निकाल्न गहिरो खाल्डाखुल्डीमा पस्ने गरेका छन् ।

प्रकाशित मिति : २०७५ असोज २५ गते बिहिवार