• २०७८ कार्तिक ११ गते बिहिवार
  • Preeti To Unicode

दाङमा बस र मोटरसाईकल एक-अापसमा ठोकिदा २ जना घाईते


पूर्ण केसी
असोज २५, दाङ ।

दाङमा बस र मोटरसाईकल एक अापसमा ठोकिदा २ जना घाईते भएका छन् ।

जिल्लाको दंगीशरण गाउँपालिका वडा नं. ७ श्रीगाउँमा बिहीबार बस र मोटरसाईकल एक आपसमा ठोक्किदा दुई जना गम्भीर घाईते भएका हुन् । घाईते हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. २ बस्ने ३९ बर्षीय प्रकास केसी र उनकी श्रीमती ३६ बर्षीय सुनिता केसी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

उनीहरुको दुबैको खुट्टाको हड्डि फ्याक्चर भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

हापुरेबाट तुलसीपुर आउँदै गरेको ग १ ख ७७०३ नम्बरको बस र तुलसीपुरबाट हापुरे तर्फ जाँदै गरेको रा २ प २८६९ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७५ असोज २५ गते बिहिवार