• २०७८ कार्तिक ४ गते बिहिवार
  • Preeti To Unicode

जाजरकाेटमा घाँस काट्दै गर्दा चिप्लिएर दुई जनाको मृत्यु


लेकाली अनलाइन
असोज २५, सल्यान ।

जाजरकाेटकाे बारेकोट गाउँपालिका–९ काप्तीका २७ वर्षीय लालबहादुर खड्काको आज घाँस काटिरहेको अवस्थामा लडेर मृत्यु भएको छ ।

घाँस काट्दै गर्दा चिप्लिएर उनको मृत्यु भएको स्थानीयवासी लोकेन्द्र गौतमले जानकारी दिए ।

त्यस्तै साेहि गाउँपालिका–५ का ४१ वर्षीय हरिबहादुर सिंहको लडेर मृत्यु भएको सरस्वती मावि नायकवाडा सिलिगिचौरका शिक्षक घमण्ड शाहले जानकारी दिए।

स्थानीयवासी जङ्गलमा घाँस काटेर घरमा ल्याउँदै गर्दा उनको पनि आज बिहान मृत्यु भएको हो ।

प्रकाशित मिति : २०७५ असोज २५ गते बिहिवार