• २०७८ कार्तिक ९ गते मङ्गलवार
  • Preeti To Unicode

पर्साका प्रमुख जिल्ला शिक्षा समन्वय अधिकारी ४० हजार घुससहित पक्राउ


असोज २५, वीरगञ्ज ।

वीरगञ्जबाट शिक्षा विकास तथा समन्वय इकाइ पर्साका प्रमुख जिल्ला शिक्षा समन्वय अधिकारी लालबाबु प्रसाद साह घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडास्थित कार्यालयको टोलीले ४० हजार घुस रकमसहित साहलाई पक्राउ गरेको हो ।

साहलाई अख्तियारले वीरगञ्ज-१४ चिनीमिल स्थित क्वार्टरबाट पक्राउ गरेको अख्तियारले जनाएको छ ।

पर्साको जगरनाथपुर गाउँपालिका वडा नं ३ विजबनियामा रहेको श्री नेरा माविको निर्माणाधीन भवनको तेस्रो किस्ता निकासाका लागि साहले घुस रकम मागेका थिए । फाेटाे फाइल

प्रकाशित मिति : २०७५ असोज २५ गते बिहिवार