• २०७८ कार्तिक ४ गते बिहिवार
  • Preeti To Unicode

जेसीजले चुम्यो खसी कपको उपाधी


असोज २८, दाङ । खसी कप मैत्रीपुर्ण फुटबलको उपाधी तुलसीपुर नगरजेसीजले हात पारेको छ ।
युवा संघ नेपाल र वाईसियल नेपाल क्षेत्र नं ३ को सयुक्त आयोजनामा संचालित प्रतियोगिताको फाइनलमा आयोजक टिमलाई सुन्यका विरुद्ध १ गोल अन्तरले पराजीत गर्दै जेसीजले उपाधी चुमेको हो ।
अरनीको खेल मैदान तुलसीपरमा भएको हो रोमाञ्चक अनि कडा प्रस्पिर्धा खेलको दोश्रो हाफ्को २० औ मिनेटमा जेसीजका तर्फबाट लोकेन्द्र वलीले गरेको गोल नै निर्णायक गोल सावित भयो ।
एक दिने प्रतियोगितामा पत्रकार, जेसीज र आयोजक गरी जम्मा ३ टिमको सहभागिता रहेको थियो । यसैविच प्रतियोगिताको उद्घाटन युवा संघ नेपाल क्षेत्र नं ३ का अध्यक्ष टोप बहादुर वुढाथोकीको अध्यक्षता तथा प्रतिनिधी सभा सदस्य माननिय हिराचन्द्र केसीको प्रमुख आतिथ्यमा भएको थियो ।

प्रकाशित मिति : २०७५ असोज २८ गते आइतवार