• २०७८ कार्तिक १ गते सोमवार
  • Preeti To Unicode

सल्यानको बन्गाढ कुपिण्डेमा मेयर र उपमेयरको विवाद हुँदा कर्मचारी तलब खानबाट बन्चित


लेकाली अनलाइन
असोज २८, सल्यान ।

सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा कर्मचारीहरुले ३ महिना देखि तलब खानबाट बन्चित भएका छन ।

बन्गाढ कुपिण्डे नगरपालिका जनप्रतिनिधि प्रमुख तथा उपप्रमुख र वडा अध्यक्ष बिच बिवाद हुदा नगर सभा बस्न सकेको छैन । नगर सभा बस्न नसक्दा नगरपालिका , वडा , स्वास्थ, कृषि, पशु, नगरपालिका सम्पुर्ण शिक्षक सहित ४ सय कर्मचारी तलब खान बाट बन्चित भएका छन ।

नगर सभा सम्पन्न नहुदा सम्म तलब खुवाउन नमिल्ने नि प्रमुख प्रशासकीय अधिकृत नोखिराम वलिले जानकारी दिए । तिन महिना देखि नै तलब नपाउदा दशै नै राम्रो सङ्ग मनाउन नपाइने कर्मचारीहरुले बताउने गरेको छन । भने स्थानीय बाहेक अन्य कर्मचारीहरुले ऋण कारेर घर जाने गरेका छन ।

नगर प्रमुख र उपप्रमुख बिच विवाद हुदा नगर सभा बस्न नसक्दा नगरपालिका सम्पुर्ण विकास निर्माण देखि सबैकाम अवरुद्ध भएका छन ।

प्रकाशित मिति : २०७५ असोज २८ गते आइतवार