• २०८० मङ्सिर २१ गते बिहिवार
  • Preeti To Unicode

सल्यानमा भालु आक्रमणबाट १ जना गम्भिर घाइते 


लेकाली अनलाइन
असोज २९, सल्यान ।

सल्यानमा भालुको आक्रमणबाट १ जना घाइते भएका छन ।
जिल्लाको शारदा नगरपालिका ५ रानिकोटका २२ बर्षका सुमन थापा भालुको आक्रमणबाट गम्भिर घाइते बनेका हुन । दिउसो १२ बजे बाख्रा चराउन गएका उनलाई भालुले लेखेटेर चिथोर्दै घाइते बनाएको उनका बुबा ज्ञान बहादुर थापाले जानकारी दिएका छन ।

गम्भीर घाइते उनलाई उपचारका लागि जिल्ला अस्पताल सल्यानमा लगिएको छ ।  बडाखोला नजिकैको जंगल द्वारीका सामुदिक वनमा बाख्रा चराउन गएका उनलाई आक्रमण गर्दा शरिर का विभिन्न भागमा चोट लाग्नुका साथै कपडा समेत च्यातिदिएको छ ।

सदरमुकामबाट नजिकै रहेको सल्यानको रानिकोटमा पहिलो पटक भालु देखिएको र अन्यत्रबाट विछट्टीएर आएको हुनसक्ने स्थानियले बताएका छन ।

प्रकाशित मिति : २०७५ असोज २९ गते सोमवार