• २०७९ असोज १४ गते शुक्रवार
  • Preeti To Unicode

बजार सुनसान , गाउँमा रमझम : दसैं


पूर्ण के.सी. कार्तिक १, दाङ । बिजयादशमीको पुर्वसन्ध्यामा दाङका मुख्य बजार तुलसीपुर , घोराही , लमही , भालुवाङ लगायतका बजारहरु सुनसान बन्दै गएका छ्न । केहि दिन अघिसम्म किनमेल तथा राजधानी लगायतका सहरबाट घर फर्कने यात्रुको भिड देखिने बसपार्क लगाएत का बिभिन्न क्षेत्र अहिले सुनसान देखिन थालेको छ ।
विभिन्न रोजगारी र व्यापार व्यावसाय गर्नका लागि सदरमुकाममा बस्नेहरु आफ्ना आफन्तजनबाट टिका थाप्नका लागि गाउँ गएपछि सदरमुकाम सुनसान जस्तै बनेको हो । बजारमा अधिकांस पसलहरु बन्द भएका छन , भने मानिसको समेत चहलपहल निक्कै कम रहेको छ ।
व्यापार व्यावसाय गर्नेहरु पनि पसल बन्द गरेर गाउँ गएपछि किनमेल गर्ने ग्राहक पनि सदरमुकाममा कम आएका छन् । बजार क्षेत्रमा भन्दा यतिवेला गाउँ गाउँमा चहलपहल बढ्न थालेको छ । गाउँमा बाँबियोको लिङ्गेपिङ हाल्ने, लामो समय भेटघाट नभएका साथीभाई पनि दशैमा गाउँ फर्केकाले रमाईलो बातावरण बनेको छ ।

प्रकाशित मिति : २०७५ कार्तिक १ गते बिहिवार