पूर्ण के.सी. कार्तिक १, दाङ । रुकुमका एक दृष्टिबिहिन परिवारले दशैको संघारमा नयाँ कपडा पाएपछि परिवारमा खुसि छायको छ ।
रुकुम सानो भेरि गाउपालिका ३ हाल दाङ तुलसीपुर निवासि रुपा गन्दर्भका परिवारलाई हाल अमेरिकामा बस्दै आएका सर्मिला रेग्मी अधिकारी र उहाका श्रीमान राजुबिक्रम अधिकारीले आज १५ हजार बराबरको सिरक,डसना,ब्ल्यङकेट तथा नयाँ कपडा र नगद हस्तान्तरण गरेका हुन । रिपोर्टस क्लब दाङका अध्यक्ष शरद रेग्मीको पहलमा उक्त कार्य भएको हो । राजु बिक्रम अधिकारीले दशैकोमा दृष्टिबिहिन परिवारलाई सहयोग गर्न पाउँदा खुसि लागेको बताए ।
अधिकारी नेपाल आए लगत्तै काठमाडौंमा रहेका अनाथालय,वीर अस्पताल लगाएतका ठाउहरुमा पुगेर गरिव तथा बिपन्न परिवारलाई नगद तथा अन्य सामाग्री सहयोग गर्नुभएको थियो ।
रुपाका श्रीमान ले अर्कि श्रीमती ल्याएर उनलाई ४ जना दृष्टिबिहिन छोरा छेरि सहित घरबाट निकालिदिएपछि उनी तीन छोरि र एक छोरा सहित तुलसिपुरमा चार रक्षाचौरमा एक घर भाडाका लगेर कष्टकर जीवन बितादै आएकि छिन ।