कार्तिक १, दाङ । लायन्स क्लब अफ दाङले अाज एक कार्यक्रमका बिच विभिन्न ब्यक्ति हरुलाई स्वागत तथा सम्मान गरेको छ । क्लबका अध्यक्ष उमेशचन्द्र मजगैयाकाे अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य हिराचन्द्र केसिकाे प्रमुख अातित्थ्यतामा भएको कार्यक्रममा बाेल्दै केसिले समाजिक सेवामा अग्रणि भुमिका खेल्न सफल लायन्स क्लब अफ दाङको बिकास र बिस्तारमा अाफु लागिपर्ने बताउनु भएको छ ।
उहाले लायन्स क्लब दाङले गर्ने हरेक गतिविधिमा अाफ्नाे महत्त्वपूर्ण सहयाेग र साथ रहने समेत जानकारी दिनुभएको छ ।
तुलसिपुर उपमहानगरपालिका वडानम्बर ५ का अध्यक्ष बिरेन्द्र कुमार शाह, डिष्ट्रकका प्रमुख सल्लाहकार बिनाेद कुमार श्रेष्ठ ,राप्ती अञ्चल बस ब्यबसायि समितिका अध्यक्ष सुरेश हमाल,क्लबका पुर्व अध्यक्ष टेकन प्रसाद कडेल,रिपोर्टस क्लब दाङका अध्यक्ष शरद रेग्मी ,लगाएतले वडादशैकाे शुभकामना ब्यक्त गर्नुभएको थियाे ।
यसै बिच क्लबमा तुलसिपुरका प्रतिष्ठित ब्यक्ति हरु प्रबेश गरेर नया सदस्यता लिनुभएकाे छ । रामप्रसाद चालिसे ,झरेन्द्र खरेल,बिमल कुमार पाैडेल, केशब गिरि,भागवत घिमिरेलाई क्लबमा स्वागत गरिएको थियाे ।कार्यक्रममा सङघका पुर्व अध्यक्ष सासद हिराचन्द्र केसि,पुर्व सहसचिब बिरेन्द्र कुमार शाह र क्लबका मिडिया काेर्डिनेटर शरद रेग्मीलाई सम्मान समेत गरिएको थियाे ।
कार्यक्रमकाे सहजिकरण क्लबका सचिब गनेश अधिकारीले गर्नुभएको थियाे ।