• २०७८ कार्तिक ८ गते सोमवार
  • Preeti To Unicode

दशै टीकाको दिन : दाङमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु


ओमप्रकाश गुप्ता
कार्तिक २ दाङ ।

आज दशैको टिकाको दिन दाङमा टीका नलगाउदै एकजनाको मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएको छ ।

जिल्लाको राप्ती गाउँपालिका २ बराखुटीमा बिहान ९.३० बजेको समयमा मोटरसाइकल दुर्घटनामा परि मोटरसाइकल चालक राप्ती गाउँपालिका ४ माैरीघाट निवासी ३८ वर्षिय शैलेन्द्र चाैधरीको मृत्यु भएको छ ।

पुर्वबाट पश्चिम तर्फ गइरहेको रा १ प ७०१२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदा गम्भीर घाइते चाैधरीको फ्लाेरेन्स अस्पताल लमहीमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७५ कार्तिक २ गते शुक्रवार