लेकाली अनलाइन
कार्तिक ३, सल्यान ।
सल्यानको शितलपाटीमा निर्माणाधिन विद्युत् सबस्टेसनको काम १० वर्ष भई सक्दा पनि पूरा हुन सकेको छैन ।
सल्यान र रुकुमलाई विद्युत सेवा दिने उदेश्य सहित १८ महिनामा निर्माण सक्ने गरी २०६३/०६४ सुरु भएको सव स्टेशन १० बर्ष बित्दा पनि सम्पन्न भएको छैन । सबस्टेसन निर्माणको काम नसकिदा उद्योग धन्दा कलकारखाना सञ्चालन गर्न समस्या भएको छ ।
३३ केवि प्रसारण लाईन विस्तार गर्ने गरी निर्माणाधिन योजना समयमा पुरा हुन नसक्दा विद्युतमा अनियमितता हुने गरेको छ ।
यसबाट सबैभन्दा बढी सल्यानका सामुदायिक रेडियोहरु मारमा परेका छन् । जनतालाई छिनछिनमा सुचनाको प्रभाह गर्ने रेडियो विद्युत अभावका कारण छिनछिनमा बन्द हुने गर्दछन् ।
त्यस्तै जिल्लामा संचालित अन्य उद्योग तथा व्यवसायीहरु मारमा परेका छन् । विद्युतको अर्को वैकल्पीक उपाय जेनेरेटर प्रयोग गर्दा महङ्गो मूल्य पर्ने र समस्या हुने गरेको विएस फर्निचर उद्योग श्रीनगरका सञ्चालक विरेन्द्र भण्डारीले बताए ।
शारदा नगरपालिका १ शितलपाटी निर्माणाधिन सवस्टेसन निर्माणको कामलाई तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माको पालामा तिब्रता दिईएको थियो । तर पहिले भएको निर्णय नमान्ने भन्दै ठेकेदारले छानबिनका लागि निवेदन दिएपछि पुन काम रोकिएको विद्युत् प्राधिकरण सल्यानका प्रमुख रामशरण तिमिल्सिनाले बताए ।
सल्यान र रुकुममा रहेका झण्डै १५ हजार सेवाग्राहीले सेवादिनु पर्ने भएकोले समस्या भएको छ ।
संबन्धित यस अघिकाे समाचार
३३ केविले सल्यानलार्इ बनायाे अध्याराे, २४ घण्टा देखि विद्युत अवरुद्ध