• २०७९ असोज १३ गते बिहिवार
  • Preeti To Unicode

जिल्ला अस्पताल सल्यानमा रेबिज रोग विरुद्धको सुई अभाव


बुद्धि पुन
कार्तिक ४, सल्यान ।
जिल्ला अस्पताल सल्यानमा रेबिज रोग विरुद्धको सुई (भ्याक्सिन) अभाव भएको छ ।

गएको चार महिना देखी रेबिजको सुई अभाव हुँदा सर्वसाधारण बिरामीहरुलाई समस्या भएको छ । अस्पतालमा रेबिजको सुई अभाव भएपछि सर्वसाधारण बिरामीहरुले महंङ्गो दरमा रेबिजको सुई निजी औषधि पसलबाट खरिद गर्न बाध्य भएका छन् ।

निःशुल्क रुपमा पाइने सुई निजी क्लिनिकबाट ६ सय तिर्नु पर्दा बिरामी मर्कामा परेका हुन् । जिल्ला अस्पताल सल्यानका प्रमुख डाक्टर अर्जुन बुढा मगरले स्वास्थ्य मन्त्रालय अन्र्तगतको मेडिकल स्टोरले नियमित सप्लाईमा नराखेका कारण सल्यानमा सुई अभाव भएको बताए ।

सल्यानमा इन्जेक्सन पठाउनको लागी २÷३ पटक पत्राचार गरिसके पनि अहिले सम्म सप्लाई नभएको उनले बताए । उनले जिल्ला अस्पताले रेबिज रोगविरुद्धको इन्जेक्सनको माग धेरै गरेपनिथोरै पठाउदा अभाबहुने गरेको बताए ।

प्रकाशित मिति : २०७५ कार्तिक ४ गते आइतवार