• २०७८ कार्तिक १ गते सोमवार
  • Preeti To Unicode

सल्यानमा ‘जिल्ला स्वास्थ्य कार्यालय’लाई हटाएर दुई जिल्लाको नयाँ ‘स्वास्थ्य कार्यालय’ बनाइयो


लेकाली अनलाइन
कार्तिक ५, सल्यान ।

जिल्ला स्वास्थ्य कार्यालय सल्यानलाई परिमार्जित गरेर स्वास्थ्य कार्यालय बनाइएको छ । सल्यान र रुकुम पश्चिम हेर्ने गरी नयाँ स्वास्थ्य कार्यालय स्थापना गरिएको हो । सोमबार एक कार्यक्रमका बिच यस स्वास्थ्य कार्यालयको उद्घाटन गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयको म्याद असोज ३० बाट सकिएकोले यस कार्यालयले अब दुबै जिल्लाको काम हेर्ने भएको हो ।

अब प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयले यो कार्यालयलाई संचानल गर्ने भएको छ । यस स्वास्थ्य कार्यालयको स्तरोन्नती गर्नका लागि चालु आर्थिक वर्षमा २ करोड रुपैया र छत्रेश्वरी गाउपालिका ५ लेखपोखरामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रका लागि ५० लाख रुपैया विनियोजन समेत गरिएको छ ।

उद्घाटन कार्यक्रममा बोल्दै पूर्व सामान्य प्रशासन मन्त्री टेक बहादुर बस्नेतले संघियता कार्यान्वयनको चरणमा रहेको बताएका छन् । संघियता कार्यान्वयनको चरणमा रहदा बिकास निर्माणका केही कामहरु अपेक्षाअनुसार अगाडी बढ्न नसकेको बताउदैँ उनले केही नितिनियम, ऐन कानुन तर्जुमा गर्दा ढिलो गतिमा अगाडी बढे पनि अबका दिनमा भने बिकास निर्माणका कामले तिव्रता पाउने बताएका हुन् ।

उनले अहिले देशमा अधिकार र कर्तब्यको सन्तुलन मिल्दै गएको बताए । देशमा संघियता कार्यान्वयन सँगै अधिकार र कर्तब्यको सन्तुलन मिल्दै गएको छ, मानिसहरु जवाफदेही बन्दै गएका छन्, जसका कारण राज्य बलियो बन्दै गएको छ उनले भने । सल्यान जिल्ला बाट निर्बा्चित प्रतिनिधिसभाका सदस्य समेत रहेका बस्नेतले स्वास्थ्य क्षेत्रलाई राज्यको मौलिक हकका रुपमा लिएको बताएका छन् ।

त्यस्तै कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले कर्णाली प्रदेश भित्र रहेका बिभिन्न जिल्ला अस्पतालहरुको स्तरोन्नती यसै बर्षदेखी शुरु हुने बताएका छन् । उनले प्रदेश भित्रका १० जिल्ला मध्ये ५ वटा जिल्लामा रहेका जिल्ला अस्पतालहरुलाई स्तरोन्नती गर्ने कार्य यसै आर्थिक वर्षमा शुरु गरिएको बताएका हुन् ।

‘प्रदेश सरकारले सल्यान सहित ५ जिल्लाका जिल्ला अस्पतालहरुलाई १५ शैयाबाट ५० शैयामा पु¥याउने गरी स्तरोन्तीको काम शुरु गरिसकेको छ, वाँकी ५ जिल्लामा भने स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाहरुलाई स्तरोन्नती गरिनेछ’— उनले भने । स्वास्थ्य जनताको प्रत्यक्ष सरोकारको विषय भएकोले कर्णाली प्रदेश सरकारले गम्भिर रुपमा लिएको वताउदै उनले कर्मचारी व्यवस्थापन नभए सम्मका लागि मात्रै दुइवटा जिल्ला हेर्ने गरी कार्यालय स्थापना गरिएको बताए ।

कार्यक्रमका अर्का अथिती कर्णाली प्रदेश सभा सदस्य गुलावजंग शाहले सल्यानमा स्वास्थ्य कार्यालय स्थापना हुनु गौरवको बिषय भएको बताए । उनले सल्यानमा यस कार्यालय स्थापना भएसँगै नयाँ जिम्बेवारी थपिएकाले जिम्बेवार ढंगले काम गर्न सबैपक्षलाई निर्देशन पनि दिए । सल्यान प्रदेशसभा क बाट निर्बा्चित सांसद शाहले बिकास निर्माणका काम गर्न समय लाग्ने भएकाले बिकास निर्माण भएन भनेर अनाबश्यक चर्चा नगर्न आग्रह गरे ।

कार्यक्रममा जिल्ला समन्वय समितीका प्रमुख केश बहादुर बिष्ट, उपप्रमुख हरि प्रकाश बुढाथोकी, शारदा नगरपालिका उपप्रमुख साबित्रा बस्नेत, प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल, जनप्रतिनिधि, बिभिन्न राजनितिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, पत्रकार लगाएतको सहभागिता रहेको थियो ।

रिखाराम पुनको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको सञ्चालन पत्रकार शिब डाँगीले गरेका थिए ।

प्रकाशित मिति : २०७५ कार्तिक ५ गते सोमवार