• २०७८ कार्तिक ४ गते बिहिवार
  • Preeti To Unicode

दसैं भरी सवारी साधन दुर्घटनाबाट उपत्यकामा १३ जनाको मृत्यु


लेकाली अनलाइन
कार्तिक ५, काठमाण्डौँ ।
घटस्थापनादेखि आज सोमबारसम्म उपत्यकाका तीन जिल्लामा भएका छुट्टा छुट्टै सवारी साधन दुर्घटनामा १३ जनाको मृत्यु भएको छ ।

काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न ठाउँमा असोज २४ गते घटस्थापनादेखि आज बिहानसम्म भएका सवारी साधन दुर्घटनामा परि १३ जनाको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । दुर्घटनामा ८ जना गम्भीर र १ सय ८६ जना सामान्य घाइते भएका छन् ।
यो वर्षको दसैँमा सवारी दुर्घटनाबाट मृत्यु हुनेको संख्या ५ वर्ष यताकै सबैभन्दा धेरै भएको ट्राफिक प्रहरीले जनाएको छ । दुर्घटनाको संख्या पनि ५ वर्ष यताकै धेरै २ सय ७२ वटा भएका छन् । विशेष गरेर रक्सी पिएर सवारी चलाएका कारण दुर्घटनाको संख्या बढेको ट्राफिक प्रहरीले जनाएको छ ।

साथै यस वर्षका दुर्घटनाहरु मुख्य शहरी क्षेत्रमा भन्दा उपत्यकाका काँठ क्षेत्रमा बढी भएको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २०७५ कार्तिक ५ गते सोमवार