• २०७८ कार्तिक १ गते सोमवार
  • Preeti To Unicode

सुर्खेतमा गाडी दुर्घटना हुँदा ३२ जना घाइते, ५ जनाको अबस्था चिन्ताजनक


लेकाली अनलाइन
कार्तिक ५, सुर्खेत ।

सुर्खेतमा गाडी दुर्घटना हुँदा ३२ जना घाइते भएका छ्न ।

दैलेखबाट सुर्खेत आउदै गरेको बा ५ ख ६२०५ नम्बरको फोर्स गाडी बीरेन्द्रनगर नगरपालिका वडा नम्बर १३ गजपानी (कटुकुवा) नजिकै साेमबार दुर्घटना भएकाे हाे । घार्इते मध्य ५ जनाको अबस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख एसपी बसन्त रजौरेले जानकारी दिए ।

घाईतेहरुको स्थानीय देउती अस्पताल र प्रदेश अस्पताल कालागाउमा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ । गाडिमा सवार ३२ जना मध्ये ७ जना बालबालिका रहेका थिए ।

दुर्घटना भएको स्थानबाट समयमै उद्धार भएकोले मानवीय क्षति नभएको प्रहरीलेे बताएको छ । क्षमता भन्दा बढी यात्रु र आरोलो सडकका साथै तिव्र गतिमा रहेको फोर्स गाडी गजेनी मोडमा अनियन्त्रित भइ दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख हरीबहादुर विसीले जानकारी दिए । उनका अनुसार गाडी सडकबाट ३० मिटर तल खसेको छ ।

प्रकाशित मिति : २०७५ कार्तिक ५ गते सोमवार