• २०७८ कार्तिक ११ गते बिहिवार
  • Preeti To Unicode

पश्चिम सल्यानमा स्थानीयले भरपर्दो स्वास्थ्य सुविधा पाउन सकेनन्


दुर्गा वि.सी.
कार्तिक ६, सल्यान ।
सल्यानको पश्चिमी क्षेत्र भेरी नदि किनार देवस्थलमा ठुलो अस्पताल छ । यसको सेवा सुविधा पनि त्यसै होला जस्तो । अर्को तर्फ बन्गाड कुपिण्डेको वडा ५ मा रहेको मुलखोला, घाँजरीपिपल मैदुमा रहेको अस्पतालको सवै काम सम्पन्न भएर ठेकेदारले आफनो तर्फबाट अस्पताललाई भवन हस्तानतरण गरि सकेको छ ।

यी ३ वटै छुट्टा छुटै स्थानमा रहेका आकर्षक र सुन्दर भवनले निर्मीत अस्पताल छन् । तर सो अस्पतालमा भरपर्दा काम र सेवा दिने कर्माचारी छैनन् । कर्माचारी विनाको यो ठुलो विल्डीगमा विरामी आहोर दोहर गर्दा हेरेर चित वुझाउने वाहेक अरु केही छैन । निमार्णको जिम्मा पाएका ठेकेदारहरुले काम सकेर भवन हस्तानतरण गरेको वर्षाै वित्न थाल्यो ।

देवस्थल किनारको छेउमा पनि निकै सुन्दर अस्पताल छ । उक्त अस्पतालमा समेत समान्य उपचार वाहेक अरु सेवा खासै देखिदैन् । समान्य ज्वरो, प्रसुती, झाडापखाला वाहेक अरु उपचार हुदैन् । तर विरामी हेर्ने नत डाक्टर छ नत कोहि सामान्य चिकित्सक नै ।

कति स्थानीय वासि त यस क्षेत्रको साविक गाविस देवस्थल, मुलखोला र घाँझरीमा ठुलै अस्पताल वन्न लागेकोमा हौसिएका पनि थिए । तर अस्पताल निमार्ण कार्या सम्पन्न भई सेवाको सुरुवाती नहुदा सवैको आश निरासामय भएको छ । देवस्थल निवासि कोकिला विष्टका अनुसार अव त जति ठुलो रोग लागे पनि यहि उपचार हुने भयो भनेका थियौ तर तेसो रहिन्छ ।

यो अस्पताल त लगन विनाको पोते जस्तै पो लाग्यो । अस्पतालबाट राम्रो औषधी उपचार नपाउँदा स्थानीय प्राईवेट मेडिकलहरुबाट औषधी किनेर खान वाध्य छन् । सरकारी अस्पतालहरुमा भने नत राम्रो काम गर्ने कर्माचारी छन् नत यीनले भरपर्दो सेवा दिन सकिरहेका छन् ।

घर मात्र वनाएर सरकारले के गर्ने ? अझ टाढाबाट हेर्ने हो भने ठुलै अस्पताल तर नजिक जाने हो र सवै कथा व्यथा सुन्ने, हेर्नै र वुझने हो भने फरक पाइन्छ भन्नुहुन्छ अर्का स्थानीय कृष्ण वि.सी । भवन अनुसारको सेवा र कर्माचारी व्यवस्थापन गर्न सकिएमा यस क्षेत्रका नागरिकको ठुलै राहत हुने देखिन्छ ।

सरकारले ठुलै धनरासी खर्चेर भवन त वनायो तर नागरिले समान्य सेवा वाहेक अन्य उपचार गर्न, सुर्खेत मेहलकुना, नेपालगञ्ज जानुपर्ने वाध्यता रहेको छ । नगरको सदरमुकाम देवस्थलमा रहेको अस्पतालमा समेत अहेव र अनमीको भरमा अस्पतालले सेवा दिईरहेको छ ।

बन्गाडमा सामान्य उपचार सल्लाहा वाहेक यहाँका नागरिक वल्ड चेक,सादा एक्सरे गर्न सुर्खेत मेहलकुना अस्पताल पुग्ने गरेका छन् । नगरको मुख्य क्षेत्रमा रहेको अस्पतालमा अधिकृत स्तरको चिकित्सक समेत नहुदाँ यहाँका नागरिकले निक्कै दुख पाउन थालेका छन् । आकर्षक भवन त वने तर सेवा सुविधा पनि आकर्षक भईदिए बन्गाडका नागरिकलाई स्वास्थ्य सुविधाको राहत हुने थियो ।

प्रकाशित मिति : २०७५ कार्तिक ६ गते मङ्गलवार