• २०७८ कार्तिक १ गते सोमवार
  • Preeti To Unicode

सल्यानमा डाक्टरको लापरबाहीले एक बालकको ज्यान गयो, अस्पतालमा तनावग्रस्त (भिडियाे सहित)


लेकाली अनलाइन
कार्तिक ६, सल्यान ।
सल्यानमा डाक्टरको लापरवाहीका कारण एक बालकको ज्यान गएको छ ।

जिल्लाकाे बागचौर नगरपालिका ७ कोटबारा निवासी ९ बर्षिया सुदिप ओली (युवराज)को जिल्ला अस्पताल सल्यानको लापरबाहीका कारण मृत्यु भएको हाे । कार्तिक ४ गते बिरामी बालकलाई बुबा भेनसेन अोलीले उपचारका लागि अस्पताल पुर्याएका थिए ।

यौन लिंगमा सामान्य बिबिरा देखिएपछि उनको उपचारका लागि अस्पताल लगिएको थियो । अस्पताल लगिएपछि डाक्टरले सामान्य अबस्था भएको र लिंगको अप्रेसन गर्नुपर्छ भनेपछि अप्रेसन गरिएको मृतकका बुबा भेनसेन ओलीले लेकाली अनलाइनलार्इ बताए ।

अप्रेसन गरेको ४ घण्टा पछि अाइतबार राती ८ बजे बालकको होस् खुलेको तर डाक्टरले बेहोस हुने सुर्ई लगाएपछि बालक बेहोसमै भएको पीडित बुबाले बताए । रातभरी कुरुवा बुबाले बालकको हाेस् नअाएपछि सुतेका डाक्टरलाई उठाउदा डाक्टर पनि नउठेको र अनेत्र रिफर पनि नगरेको पीडितकाे अाराेप छ ।

बिहान मात्रै अस्पतालकै गाडीमा डाक्टरले रिफर गरेर कोहलपुर लिएको अस्पतालले बतायो । तर कोहलपुर लिदा कोहलपुरको अस्पतालले अनावश्यक बेहोस सुर्ई लगाएको भन्दै बालकलाई बचाउन नसक्ने बतायो । त्यसपछि बालकलाई भातरको नखलउ लिदा साेमबार साँझ मृत्यु भएको अाफन्तले बताए ।

याे समाचार तयार पार्दासम्म सल्यान अस्पतालमा बिरामीका अाफन्तले डाक्टरलाई कारबाहीको माग गर्द‌ै अान्दोलन चर्काएका छन् । व्यापक प्रहरी परिचालन गरेर पीडित पक्षलार्इ राेक्न खाेजिएकाे छ भने जिल्लाका सरकारवाला, डाक्टर र पीडित पक्ष बिच छलफल पनि भइरहेकाे छ ।

डाक्टरले गल्तीकाे सजाय नभाेगे पीडित पक्षले अस्पताल बन्द गर्ने चेतानवनी दिएकाे छ ।

अान्दाेलन

प्रकाशित मिति : २०७५ कार्तिक ६ गते मङ्गलवार