• २०७८ कार्तिक ८ गते सोमवार
  • Preeti To Unicode

सल्यानमा बालक मृत्युको आन्दोलन : डाक्टरले गल्ती स्वीकार गरे, पीडितले एक लाख पाउदा कुरा मिल्यो


लेकाली अनलाइन
कार्तिक ६, सल्यान ।
सल्यानमा डाक्टरको लापरवाहीका कारण मृत्यु भएका बालकका परिवारले क्षेतीपुर्ती पाउने भएपछि पीडित पक्षले आन्दोलन रोकेका छन् ।

बागचौर नगरपालिका ७ कोटबारा निवासी ९ बर्षिया सुदिप ओली (युवराज)को जिल्ला अस्पताल सल्यानको लापरबाहीका कारण मृत्यु भएको थियो । पीडित पक्षले आज जिल्ला अस्पताल सल्यानमा आन्दोलन गरेको थियो । तर सम्बन्धीत डाक्टरले अाफ्नाे कमजाेरीकाे गल्ती स्वीकार र राहत खर्च दिने भएपछि आन्दोलन पक्षले आन्दोलन फिर्ता लिएको हो ।

जिल्लाका विभिन्न सरोकारवाला, राजनीतिक दल र पीडित पक्ष बिच बसेको बैठकले अस्पतालले पीडित पक्षलाई एक लाख दिने निर्णय गरेको हो । आगामी दिनमा यस्ता गल्ती नदोहोर्याउन अस्पताल प्रशासनलाई सचेत समेत पारिएको छ ।

कार्तिक ४ गते बिरामी बालकलाई बुबा भेनसेन अोलीले उपचारका लागि अस्पताल पुर्याएका थिए ।

यौन लिंगमा सामान्य बिबिरा देखिएपछि उनको उपचारका लागि अस्पताल लगिएको थियो । अस्पताल लगिएपछि डाक्टरले सामान्य अबस्था भएको र लिंगको अप्रेसन गर्नुपर्छ भनेपछि अप्रेसन गरिएको मृतकका बुबा भेनसेन ओलीले लेकाली अनलाइनलार्इ बताए ।

अप्रेसन गरेको ४ घण्टा पछि अाइतबार राती ८ बजे बालकको होस् खुलेको तर डाक्टरले बेहोस हुने सुर्ई लगाएपछि बालक बेहोसमै भएको पीडित बुबाले बताए । रातभरी कुरुवा बुबाले बालकको हाेस् नअाएपछि सुतेका डाक्टरलाई उठाउदा डाक्टर पनि नउठेको र अनेत्र रिफर पनि नगरेको पीडितकाे अाराेप छ ।

बिहान मात्रै अस्पतालकै गाडीमा डाक्टरले रिफर गरेर कोहलपुर लिएको अस्पतालले बतायो । तर कोहलपुर लिदा कोहलपुरको अस्पतालले अनावश्यक बेहोस सुर्ई लगाएको भन्दै बालकलाई बचाउन नसक्ने बतायो । त्यसपछि बालकलाई भातरको नखलउ लिदा साेमबार साँझ मृत्यु भएको अाफन्तले बताए ।

यसअघि पीडित आन्दोलन पक्षले सम्बन्धीत डाक्टर प्रदिप शर्मालाई कारबाही र उचित राहतको माग गरेको थियो ।

हेर्नुहाेस् सहमती पत्र

सम्बन्धीत समाचार

सल्यानमा डाक्टरको लापरबाहीले एक बालकको ज्यान गयो, अस्पतालमा तनावग्रस्त (भिडियाे सहित)

http://www.lekalionline.com/archives/13705

प्रकाशित मिति : २०७५ कार्तिक ६ गते मङ्गलवार