• २०७८ कार्तिक ९ गते मङ्गलवार
  • Preeti To Unicode

दाङमा मोटरसाईकल दुर्घटना हुँदा एकजनाको मृत्यु


कार्तिक ६, दाङ ।

दाङको लमहीमा भएको मोटरसाईकल दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत लमही–१ मा रा ३ प ७८१७ नम्बरको मोटरसाईकल रा १ त १७०४ नम्बरको ट्रयाक्टरमा जडान गरिएको थ्रेसर मेसिनमा ठोक्किँदा लमही–२ बनकट्टा निवासी २१ वर्षका जिक्सन चौधरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा परि गम्भीर घाइते चौधरीको फ्लोरेन्स अस्पताल लमहीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७५ कार्तिक ६ गते मङ्गलवार