• २०७८ कार्तिक ४ गते बिहिवार
  • Preeti To Unicode

रौतहटमा मेला हेर्न गएकी किशोरीको सामूहिक बलात्कार


रुपेन्द्र पटेल
कार्तिक ६, रौतहट ।
रौतहटको गुजरा नगरपालिकामा पर्ने मनर्वाटोलमा आइतवार राति मेला हेर्न गएकी एक किशोरीलाइ तीन जना युवकहरुले सामुहिक बलात्कार गरेको घटना सार्वजनिक भएको छ ।

रौतहटको मनर्वाटोलमा लागेको मेला हेर्न गएकी १७ बर्षिया किशोरीलाई तीनजना युवकहरु समूहले सामुहिक बलात्कार गरेको भन्दै पिडित किशोरीले प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । आइतवार राति मेला हेर्न गएकी किशोरीलाइ सोमवार बिहान उज्यालो नहुदै घर पुर्याइदिने भन्दै छिमेकी एक युवकले मोटरसाईकलमा राखेर लगेको र बाटोमा बलात्कार गरेको उजुरी परेको हो ।

बलात्कारको आरोप लागेका तिनै जना युवकहरु फरार रहेका छन । आरोपीहरुको खोजी भैरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी युवराज खड्काले जानकारी दिए ।

प्रकाशित मिति : २०७५ कार्तिक ६ गते मङ्गलवार