• २०७८ कार्तिक ९ गते मङ्गलवार
  • Preeti To Unicode

सल्यानकाे लुहामबाट सिधै तुलसीपुर सुरुङ मार्ग खाेल्ने याेजना छ : अध्यक्ष डाँगी (भिडियाे सहित)


लेकाली अनलाइन
कार्तिक ६, सल्यान ।

सल्यानकाे लुहामबाट दाङकाे तुलसीपुरसम्म सुरुङ मार्गबाट सडक बनाउन सकिने त्रिवेणी गाउँपालिका अध्यक्ष मान बहादुर डाँगीले बताएका छन् । उनले त्यसकाे लागी सम्भाव्यता अध्यान समेत गर्ने बताएका छन् ।

लुहामदेखि तुलसीपुरसम्मकाे राप्ती राजमार्गम लाग्ने सबै खर्चले सुरुङ मार्ग बन्न सक्ने भन्दै उनले त्यसकाे लागी पहल कदमी चाल्ने बताए । याे याेजना मुलुककै गाैरबकाे याेजना भएकाे उनकाे भनार्इ छ ।

उक्त स्थानमा सुरुङ मार्ग खाेल्दा सल्यान, रुकुम र जाजरकाेटका नागरिकलार्इ सहज हुने भनले बताए । लुहामदेखि तुलसीपुरसम्म राप्ती राजमार्ग ४० किलाेमिटर भएकाे भन्दै उनले सुरुङ मार्ग खाेल्दा ५ देखि ७ किलाेमिटरसम्म मात्रै हुने बताएका छन् ।

सुरुङ मार्गकाे सम्भाव्यता अध्यानकाे लागी उनले गाउँपालिकाबाट अर्काे बर्ष बजेट विनियाेजन गर्ने समेत बताएका छन् । याे याेजना संघिय सरकारमा पेस गर्ने समेत उनले बताएका छन् ।

त्यस्तै उनले मदन भण्डारी राजमार्गले सल्यानलार्इ अन्याय गरेकाे बताएका छन् । मध्यपहाडी राजमार्ग र महेन्द्र राजमार्गले सल्यानलार्इ नछाेएकाे अबस्थामा मदन भण्डारी राजमार्गले नछुनु सल्यानकाे लागी अन्याय भएकाे उनले बताए ।

उनले उक्त राजमार्ग सल्यानकाे बालुवा संग्रही, त्रिवेणी, कपुरकाेटबाट राेल्पा हुँदै स्वर्गद्वारी नक्साङकन हुनुपर्ने बताएका छन् । याे सडककाे नक्सामा अाफुहरुकाे व्यापक बिराेध भएकाे भन्दै उनले जनतालार्इ सुचित बनाउने बताएका छन् ।

प्रकाशित मिति : २०७५ कार्तिक ७ गते बुधवार