• २०७९ असोज १४ गते शुक्रवार
  • Preeti To Unicode

कार्तिक १६ गते बाल कलाकार असोक दर्जी दाङ अाउदै , साथमा अन्ने चर्चित कलाकार पनि


पूर्ण के.सी. कार्तिक ८, दाङ । अहिलेका चर्चित बाल गायक अशोक दर्जी यहि कार्तिक १६ गते दाङ आउन लागेका छन ।

ब्रान्ड रुढ इन्टरटेट्मेन्ट प्रा.लि.को आयोजनामा हुन लागेको उक्त कार्यक्रममा असोक दर्जि सहित गायक तथा संगितकार टंकबुढाथोकी उनका छोरा एवम गायक ए.आर. बुढाथोकी पनि आउन लागेका

प्रा.लि का अध्यक्ष सुनिल विसीले विहिवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएका छ्न । साथै कार्यक्रममा कलाकारहरु मिस्टर आरजे, मोडेल निसा घिमिरे पनि आउन लागेका आयोजकले बताएको छ ।

‘मन विनाको धन ठुलो की धन विनाको मन’ भन्ने शिर्षक दिइएर गर्न लागिएको उक्त सांगितिक कार्यक्रममा जिल्लाका अन्य बाल कलाकारहरुले पनि स्टेजमा प्रतिभा देखाउने अवसर पाउने छन ।

कार्यक्रममा विशेषगरि बालबालिकालाई अवसर दिने र विपन्न बालबालिकाको शिक्षामा आर्थिक सहयोग गर्ने अध्यक्ष विसिले बताए । जसमा दाङ कै विकट विद्यालयको छनोट गरि अध्यक्ष कोषको स्थापना गर्ने सोच आफुले बनाएको उनले बताए ।

प्रकाशित मिति : २०७५ कार्तिक ८ गते बिहिवार