• २०७८ कार्तिक ९ गते मङ्गलवार
  • Preeti To Unicode

६७ दिनपछि नेकपाका केन्द्रिय सदस्य असल क्षेत्री रिहा, काठमाण्डाैमा भव्य स्वागत


लेकाली अनलाइन
कार्तिक ९, काठमाण्डौँ ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का ‘असल क्षेत्री’ ६७ दिनपछि अाज रिहा भएका छन् ।

खड्कालाई बिनाकारण पक्राउ गरी गैरकानूनी थुनामा राखेको भन्दै तत्काल रिहाइको माग गर्दै दुर्गाप्रसाद जैसीले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि बहसपछि सर्वोच्च अदालतको आदेशमा रिहा भएका हुन् । असललाई सर्वोच्च अदालतले असोज १५ गते सोमबार लिखित जवाफसहित ३ दिनभित्र उपस्थित गराउन दिएको आदेशलाई सरकारले लत्याएको थियो । जैसीले दायर गरेको रिटमाथि बहसपछि सर्वोच्चले लिखित जवाफसहित बन्दीलाई ३ दिनभित्र अदालतमा उपस्थित गराउन सरकार, गृहमन्त्रालय, मकवानपुर जिप्रकालगायत विपक्षीहरुको नाममा यही असोज १५ गते सोमबार आदेश दिएको थियो ।

बुटवलको भारतिय पेन्सन क्याम्पमा आगजनी गरेको आरोप लगाइएका उनलाइ संलग्न नभएको भन्दै अदालतले गरेको छाड्न गरेको आदेश लत्याउदै उनलाई फेरी पक्राउ गरी मकवानपुरको विष्पोटको घटनासंग जोडेर मकवापुर लगिएको थियो ।

यसअघि नेता खड्कालाई भदौ ५ गते काठमाडौँ जाँदै गर्दा धादिङको नौबिसेबाट सादा पोसाकका प्रहरीले गिरफ्तार गरी बुटवलको इलाका प्रहरी कार्यालय हिरासतमा राखेको थियो । उनलाई गिरफ्तार गरेको दुई दिनपछि मात्र बुद्ध एयरबाट बुटवल ल्याइएको थियो । नेता खड्कालाई बुटवलको एक भारतीय कार्यालय परिसरमा साउन २९ गते बम विस्फोट गरेर क्षति र्पुयाएको झूट्टा अभियोग लगाइएको थियो ।

रिहापछि उनका समर्थक तथा नेकपाका कार्यकर्ताले खुशीयाली मनाएका छन । उनलार्इ काठमाण्डाैमा भव्य स्वागत समेत गरिएकाे छ । पक्राउ गरेपछि शारिरिक यातना समेत दिएको सरकारले उनलाइ मानसिक रुपमा पनि यातना दिदै कहिले काठमान्डौं, कहिले रुपन्देही त कहिले मकवानपुर डुलाएको थियो ।

जनयुद्धमा जनमुक्ति सेनाको विग्रडियर कमाण्डर समेत बनेका उनि सल्यान दार्मा निवासी कम्युनिष्ट नेता हुन । जनयुद्धको वलमा बनेको गणतन्त्रको कम्युनिष्ट सरकारले नै उनलाइ पक्राउ गरेर दुख दिएको हो ।

असल क्षेत्री पक्राउका अन्य समाचार

नेकपाका केन्द्रीय सदस्य असल क्षेत्रीलार्इ सर्वाेच्च अदालत पुर्याइयाे, भाेली बहस हुने

सल्यान निवासी नेकपाका केन्द्रीय सदस्य असल क्षेत्रीको दशैंपछि मात्रै सर्वोच्चमा बहस हुने

असल क्षेत्रीलाई ३ दिनभित्र उपस्थित गराउने सर्वोच्च अदालतकाे अादेशलार्इ सरकारले लत्यायाे

नेकपाका असल क्षेत्रीलाई तीन दिनभित्र अदालतमा उपस्थित गराउन सरकालार्इ आदेश

नेकपाका असल क्षेत्रीकाे रिहाईको माग गर्दै सर्वोच्चमा रिट दायर

नेकपाका केन्द्रीय सदस्य असल क्षेत्रीलार्इ रिहा भएलगतै पुनः पक्राउ गरि मकवानपुर लगिदै

नेकपा असल क्षेत्रीका विषयमा अदालतसमक्ष प्रहरीको ‘अनौठो’ अनुरोध

विप्लव नेकपाका असल क्षेत्रीलाई ४८ घण्टासम्म अमानविय यातना र मानसिक तनाव दिइयो

प्रधानमन्त्री अाेलीको सुरक्षामा चुनौति भन्दै सल्यानका असल क्षेत्रीलार्इ पक्राउ गरिएको आरोप

असलकी अामा भन्छिन्- ‘बुबालार्इ मारिदिए, त्यही रगतबाट बनेको सरकारले छाेरालार्इ पक्राउ गर्याे’

सल्यान घर भएका विप्लव पार्टीका केन्द्रीय सदस्य असल क्षेत्रीलार्इ गिरफ्तार गरेर बेपत्ता बनाइयाे

प्रकाशित मिति : २०७५ कार्तिक ९ गते शुक्रवार