• २०७८ कार्तिक ८ गते सोमवार
  • Preeti To Unicode

जुम्लामा एक व्यक्ति खोलामा मृत भेटिए


कार्तिक ९, जुम्ला ।

जुम्ला गोठिचौर गाउँपालिकाको मुडुरी गाउँनजिकै मुरुल्ली खोलामा एक व्यक्ति मृत फेला परेका छन्।

मृतक पातारासी गाउँपालिका ५ लासी निवासी ४५ वर्षीय भक्त बूढा रहेको प्रहरीले जनाएको छ। मृतक बूढा जुम्लासँग सिमाना जोडिएको जाजरकोट जिल्लाको बैजडी पाटनबाट खिरौला जडिबुटी संकलनबाट फिर्किएका बताइएको छ।

शुक्रबार बिहान खोलाको किनारमा उनी मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ। मृतकलाई पोष्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको प्रहरीले जनाएको छ।

मृतकको शरीरमा कुनै पनि घाउचोट नदेखिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डिएसपी सीताराम रिजालले जानकारी दिएका छन्।

प्रकाशित मिति : २०७५ कार्तिक ९ गते शुक्रवार