• २०७८ कार्तिक १ गते सोमवार
  • Preeti To Unicode

मोटरसाईकल सिक्न खोज्दा दाङमा एक जनाको ज्यान गयाे


लेकाली अनलाइन
कार्तिक ९, दाङ ।

दाङमा मोटरसाईकल सिक्दै गर्दा दुर्घटना परेर एक जनाको ज्यान गएकाे छ ।

जिल्लाकाे तुलसीपुर उपमहानगरपालिका १९ बाहिनी पछाडी बिहीबार राती ८ वजेतिर रा ४ प १७३८ नम्वरको मोटरसाईकल रोकिराखेको जेसिबीमा ठोक्किदा दाङ दंगीशरण गाउँपालिका वडा नम्वर १ फुर्सेसल्लीका २८ वर्षीय नारायण घर्तीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

घर्तीसंगै माेटरसाइकलमा गएका दंगीशण गाउँपालिका वडा नं. १ राउत गाउँका प्रवीन चौधरी पनि सामान्य घाइते भएका छन् । दुवैजना तरकारी किन्न बजार निस्केका र पहिले चाैधरीले बाइक चलाएकाे तर पछि घर्तिले सिक्छु भन्दै चलाउदा रोकिराखेको जेसिबीमा ठाेक्किएर दुर्घटना भएकाे प्रहरीले बताएकाे छ ।

फाेटाे फाइल

प्रकाशित मिति : २०७५ कार्तिक ९ गते शुक्रवार