• २०७८ कार्तिक ११ गते बिहिवार
  • Preeti To Unicode

सल्यानमा भालुकाे अातङक, फेरी पनि एक महिलामाथी अाक्रमण हुँदा गम्भीर घार्इते


लेकाली अनलाइन
कार्तिक १०, सल्यान ।
सल्यानमा फेरी भालुको आक्रमणबाट एक महिला घाईते भएकी छिन् ।

जिल्लाको शारदा नगरपालिका वडा नम्बर ५ रातामाटा रुक्सेपानी निवासी ५५ बर्षिय भिमा कुमारी श्रेष्ठ भालुको आक्रमण बाट घाईते भएकी हुन् । शनीबार बिहान ५ बजेतीर भैसीकाे दुध दोयर गोठबाट घर फर्कदैँ गर्दा उनलाई भालुले आक्रमण गरेको उनका श्रीमान लाेकेन्द्र श्रेष्ठले जानकारी दिए ।

श्रीमान-श्रीमती दुवैजना घर नजिकैकाे गाेठमा भैसी दुहुन गएकाे र फर्किदा श्रीमतीलार्इ भालुले अाक्रमण गरेकाे थियाे । श्रीमतीलार्इ भालुले अाक्रमण गर्दा अाफुले लठ्ले धपाउदा भालु भागेकाे श्रीमान लाेकेन्द्रले लेकाली अनलाइनलार्इ बताए ।

उनको निधार लगाएतका बिभिन्न भागहरुमा घाउ भएको छ । उनलाई जिल्ला अस्पताल सल्यानमा उपचार पश्चात थप उपचारका लागी अहिले नेपालगञ्ज रिफर गरिएको छ ।

यसअघि पनी शारदा नगरपालिका ५ रानिकोटका २२ बर्षका सुमन थापा भालुको आक्रमणबाट गम्भिर घाइते भएका थिए ।

सल्यानमा भालु आक्रमणबाट १ जना गम्भिर घाइते

प्रकाशित मिति : २०७५ कार्तिक १० गते शनिवार