• २०७९ असोज १४ गते शुक्रवार
  • Preeti To Unicode

सल्लीबजार-चौहरजारी सडकको काम वजेट अभावमा अलपत्र


दुर्गा वि.सी.
कार्तिक १०, सल्यान ।
सल्यानको सल्लीवजार देखि रुकुम चौहरजारी सडक खण्डको ५ किमीबाटोको स्तरवृद्धिको काम वजेट अभावमा रोकिएको छ ।

सडक डिभिजन कार्यालय दाङ्गले हेर्दै आएको उक्त सडक कर्णाली प्रदेश तथा सुर्खेत डिभिजनलाई हस्ताणतरण गरेपछि वजेट अभावमा काम अलपत्र पारिएको छ । काम भएको पैसा समेत भुक्तानी नपाउँदा ठेकेदारलाई काम गर्न कठिनाई भएको जनाइएको छ । सडक हस्ताणतरण गरियो तर टेण्डर भएको रकम नपठाउँदा काममा बाधा आएको सडक डिभिजन कार्यालय सुर्खेतले जनाएको छ ।

निर्माण कम्पनीले काम गरिएको उक्त सडकको १ करोड वढि रकम भुक्तानी नपाउँदा ठेकेदारले काम रोकेको बुझिन्छ । सल्लीवजार देखि बन्गाड कुपिण्डेकै वडा ५ को त्रिवेणी वजार नजिकै सम्मको लागि भनेर सिग्मा गाल्वा कन्ट्रशनले ११ करोडमा कामको जिम्मा लिएको थियो ।

सडक डिभिजन कार्यालय दाङ र कन्ट्रशनका नरहरी थपलिया विच ३३ महिनामा काम सम्पन्न गर्ने भनेर २०७४ श्रावाणमा सम्झौता भएको थियो । तर गाल्वा कन्ट्रशनका नरहरी थपलियाले ४९ लाख पेश्की बुझेर कामको जिम्मा दोस्रो व्यक्ती राम वहादुर विष्टलाई दिएका छन् ।

पेश्की एउटाले र काम अर्कोले गर्नु पर्दा डबल कटिङ्ग, नाली, जाली ह्युमपाईपको काम समेत १६ महिना विती सक्यो अझै सकिएको छैन् । वर्षातमा हिलो र हिउँदे समयमा धुलाको सास्ती खेपिरहेका स्थानीयलाई सडक निर्माण ढिलाईले आवत जावतमा समस्या थपेको छ ।

काम हेर्ने सडक डिभिजन कार्याल दाङले भने कामको ताकेता प्रति चासो नदिएको देखिन्छ । ५ किमी बाटोको काम प्रति स्थानीय नागरिक निर्माण कम्पनीले काम गरेर जस्तो गरेर झारा टार्ने काम गरेको वताउँछन् । तर कामको अवस्था भने निक्कै सुस्त गतिमा रहेको छ । चौहरजारी सडक खण्डमा काम गर्ने निमार्ण व्यवसायीहरु भने आधा काम गर्ने भाग्ने गरेका छन् ।

उक्त सडक खण्डमा ५ वर्ष अघि सुरु भएका काम समेत अलपत्र अवस्थामा छन् । सडक डिभिजन कार्यालय दाङले उक्त सडकमा कामको जिम्मा लिने तर पुरा काम नगर्ने निमार्ण कम्पनिलाई कारवाहिको सट्टा उल्टै पुन काम थमाउने गरेको देखिन्छ । यो वर्षको उक्त ५ किमी बाटोको स्तरवृद्धिको काम समेत लथालिङ अवस्थामा छ ।

काम सुरु गरे देखि ठेकेदार साईडमा नआउँदा सडकमा काम गर्ने ज्यामीहरु समेत ज्याला नपाउँदा दशै अघि नै काम छोडेर घरतीर लागेका थिए । काम एउटाले गर्ने र पेश्की रकम अर्कोले वुझ्दा काम अलपत्र पर्ने गरेको छ । कामको जिम्मा लगेका ठेकेदार राम वहादुर विष्ट र सिग्मा गाल्वाका कन्ट्रक्सनका नरहरी थपलिया भने सम्पर्कविहीन भएको सडकमा काम गर्ने मजदुरहरुले वताउने गरेकाछन् ।

सरकारी निती वजेट एकातीर, कामको जिम्मा अर्कोततीर र ठेक्काको सम्झौता गर्ने, काम गर्ने दुवै सम्पर्क विहीन रहेकाले यो काम समेत अलपत्र पर्ने निश्चित देखिन्छ ।

प्रकाशित मिति : २०७५ कार्तिक १० गते शनिवार