• २०७८ कार्तिक ११ गते बिहिवार
  • Preeti To Unicode

प्रेस युनियन सल्यानको अधिवेशन कार्तिक २० गते, अध्यक्षमा यी ४ काे चर्चा !


लेकाली अनलाइन
कार्तिक १२, सल्यान ।

नेपाली काँग्रेस निकटकाे प्रेस युनियन सल्यानको जिल्ला अधिबेशन यही कार्तिक २० गते हुने भएको छ। केन्द्रिय नीति अनुरुप जिल्ला अधिबेशन हुन लागेको हो।

अहिलेका अध्यक्ष रेशम डिसि नेतृत्वको कार्य अबधी सकिएकोले अर्काे अधिबेशन हुन लागेको हो । ५२ जना सदस्य रहेकाे प्रेस युनियनमा अधिबेशन सफल बनाउन विभिन्न उपसमिति समेत गठन गरिएको छ।

साथै युनियनले १६ गते सम्म सदस्यता नवीकरण गरि सक्नु पर्ने बताएको छ। अाइतबार खलंगामा सम्पन्न युनियनको बैठकले १७ गते बैठक बसि अतिथी को कस्लार्इ बोलाउने भन्ने बिषयमा छलफल गर्ने र निर्बाचान कमिटी पनि गठन हुने बताएको छ।

अध्यक्षमा यी ४ काे चर्चा

रेशम डिसी 

प्रेस युनियन सल्यानका वर्तमान अध्यक्ष रेशम डिसीकाे फेरी अध्यक्षमा दाेहाेरीने चर्चा सुरु भएकाे छ । संगठनलार्इ एकवद्ध रुपमा अगाडी बढाएकाले उनि फेरी दाेहाेरीन सक्ने उनका नजिक मानिनेहरु बताउछन् ।

सल्यानका पुराना पत्रकार समेत मानिने उनि २०६० साल भन्दा पहिलेदेखि नै पत्रकारीता सुरु गरेका हुन् । राष्ट्रिय स्थरमा बिभिन्न पत्रिका र टेलिभिजनमा सल्यानबाट रिपाेर्टिङ गरेका उनले जिल्लाका स्थानीय मिडियामा पनि काम गरेका छन् । अावाज र लेखन शैलिमा दख्खल भएका उनि पत्रकार महासंघ सल्यानका पुर्व सचिव पनि हुन् ।

नविन पाैडेले 

प्रेस युनियन सल्यानकाे अध्यक्ष पदमा नवीन पौडेलको पनि चर्चा चलेको छ ।
शारदा नगरपालिका ११ खैराबाङ घर भएका पौडेल विगत लामो समय देखि पत्रकारिता क्षेत्रमा आवद्ध छन। विभिन्न राष्ट्रिय अनलाइन तथा पत्रपत्रिकाहरुमा आबद्द उनि सल्यानका स्थानीय रेडियाेमा समेत लामाे अनुभव संगालेका छन् ।

नयाँ र जाेसिलाे युवा भएकाले अहिलेकाे अध्यक्ष उनलार्इ नै दिनुपर्छ भनेर उनका नजिक मानिनेहरु बताउछन् । नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशकाे कार्य समिती सदस्य रहेका उनि  छत्रेश्वरी गाउँपालिकाका प्रेस सल्लाहकार समेत हुन । उनि प्रेस युनियनकाे वर्तमान केन्द्रिय पार्षद हुन् ।

शनत कुमार शर्मा 

लामाे समयदेखि पत्रकारीता गर्दै अाएका शनत कुमार शर्मा पनि अध्यक्षकाे चर्चामा छन् । खलंगा निवासी उनि विभिन्न मिडियाहरु सँग नजिक मानिन्छन् । पत्रकार महासंघ सल्यानकाे एक कार्यकालमा उपाअध्यक्ष र कार्यबहाक अध्यक्ष समेत सम्मालेका छन् । महासंघमा हुँदा सबैसँग राम्राे सम्बन्ध बनाएकाले उनलार्इ नै अध्यक्ष दिनुपर्छ भन्ने उनका नजिक मानिनेहरु बताउछन् ।

राजेश शर्मा

अध्यक्षकाे पदमा चर्चामा मानिने राजेश शर्मा संगठनले अध्यक्ष दिए लिने दाउमा देखिन्छन् । सबैमाझ लाेकप्रिय बनेका उनि पत्रकारीतामा पनि त्यतिकै लाेकप्रिय देखिन्छन् । प्रेस युनियन सल्यानकाे वर्तमान काेषाअध्यक्षमा रहेका उनि विभिन्न मिडियामा काम गरि अाफ्नै मिडिया संचालन गरेर पनि अनुभव संगालेका छन् । अहिले उनि दाङबाट प्रकाशित नयाँ युगबाेधमा सल्यानबाट रिपाेर्टङ गर्छन् ।

प्रकाशित मिति : २०७५ कार्तिक १२ गते सोमवार