• २०७८ कार्तिक ८ गते सोमवार
  • Preeti To Unicode

तुलसीपुर नगर जेसिजको आयोजनामा एक दिने लिडरसिप डेभलपमेन्ट ट्रेनिङ सम्पन्न


लेकाली अनलाइन
कार्तिक १२, दाङ ।

तुलसीपुर नगर जेसिजको आयोजनामा एक दिने लिडरसिप डेभलपमेन्ट ट्रेनिङ सम्पन्न भएको छ।

तुलसीपुर नगर जेसिज बर्ष २०१८ का साखा अध्यक्ष जेसि दिपेस भन्डारीको अध्यक्षतामा भएकाे कार्यक्रममा प्रमुख अथिती तुल्सिपुर नगर जेसिजका सस्थापक अध्यक्ष जेसिज दिपेन्द्र चापागाईं रहेका थिए । कार्यक्रममा गोरखा माबी का प्राचार्य बिजयमान जि.एम, बिज्ञान शिक्षक समाज दाङका जिल्ला सचीव गिरिराज लम्साल, तुल्सिपुर नगर जेसिजका पुर्ब अध्यक्ष जेसि झरेन्द्र खरेल, जेसि सुर्य प्रसाद शर्मा, जेसि बिमल कुमार पौडेलको उपस्थिति रहेकाे थियाे ।

कार्यक्रममा बिजयमा जि.एम ले सुभकामना मन्तव्य राखेका थिए । habitat for humanity Nepal का country trainnor कुल दिप चौधरी, प्रवेश शाही र सन्दीप भुसालले तालिमकाे सन्चालन गरेका थिए । कार्यक्रममा ३६ जनाको सहभागिता रहेको थियाे ।

तुलसीपुर नगर जेसिज बर्ष २०१८ का तालिम निर्देशक तथा उक्त कार्यक्रम संयोजक जेसि पुर्ण बिक्रम डाङीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमकाे संचालन महासचिव जेसि नेत्रलाल भट्टराई( नारायण) ले गरेका थिए ।

प्रकाशित मिति : २०७५ कार्तिक १२ गते सोमवार