• २०७८ कार्तिक ८ गते सोमवार
  • Preeti To Unicode

निर्माण व्यवसायी शरद गौचन हत्याका मूख्य सुटरसहित तीन जना पक्राउ


कार्तिक १२, काठमाडौं ।

नेपाल प्रहरीले निर्माण व्यवसायी शरद गौचनको हत्यामा आरोपित तीन जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसरले हत्या अभियोगमा आरोपित लोप्साङ लामा, अमर लामा र रोशन बुढाथोकीलाई पक्राउ गरेको हो ।

निर्माण व्यवसायी गौचनको गत वर्ष मिनभवनमा गोली हानी हत्या गरिएको थियो ।

यसअघि, निर्माण व्यवसायी राष्ट्रिय महासंघका पूर्व अध्यक्ष गौचनको हत्याका नाइके श्याम गोम्बेलाई प्रहरीले पक्राउ गरेको थियो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गोम्बेलाई गएको माघ ९ गते प्रहरीले पक्राउ गरेको हो ।

गौचनमाथि गोली प्रहार गर्ने अर्का अभियुक्त अमर लामा फरार थिए। उनीहरु दुवै जना नेपाली सेनाबाट भागेर गुण्डागर्दीमा संलग्न हुँदै आएका थिए । मुख्य योजनाकार समीरमान सिंह बस्न्यातसहित ११ जनालाई हत्याको केही समयपछि नै पक्राउ गरेको थियो ।

यसैगरी, प्रहरीले मंसिर १ गते हत्याका अभियुक्त बसन्त थेबे र धनराज योङहाङलार्इ पनि पक्राउ गरिएको थियो। उनीहरुको साथबाट प्रहरीले दुई थान पेस्तोल र १० राउण्ड गोली पनि बरामद गरेको थियो ।

प्रकाशित मिति : २०७५ कार्तिक १२ गते सोमवार