• २०७८ कार्तिक ११ गते बिहिवार
  • Preeti To Unicode

दाङमा खैरो हेरोइन र गाँजासहित तीनजना पक्राउ


कार्तिक १२, दाङ ।

दाङको गढवाबाट खैरो हेरोइन र गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरी सार्बजनिक गरेकाे छ।

महेन्द्र राजमार्गअन्तर्गत गढवा गाउँपालिका १ जुरौनी धानखोलाबाट दुई ग्राम खैरो हेरोइन, १६ ग्राम गाँजा र एकलाख ५० हजार नगदसहित सोमबार बिहान पक्राउ गरेको हो। पक्राउ पर्नेमा बाँकेको बैजनाथ गाउँपालिका १ चिसापानी निवासी ३९ वर्षीय नरवहादुर नेपाली, बैजनाथ १ गाभर निवासी ३२ वर्षीय भीमवहादुर रोकाय र बैजनाथ २ मकैवारी निवासी २५ वर्षीय छवि गुरुङलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक पञ्चलाल गोलेले बताए।

पोखराबाट कोहोलपुर जाँदै गरेको से १ च ११९० नम्बरको महेन्द्रा बोलेरोमा लुकाइछिपाई राखेको अवस्थामा उक्त परिमाणको खैरो हेरोइन, गाँजा र सोही बोलेरोसहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीको भनाई छ। चालक सिटको अगाडि लुकाइछिपाई राखेको अवस्थामा हेरोइन र गाँजा बरामद गरिएको प्रहरी निरीक्षक गोलेले बताए।

प्रकाशित मिति : २०७५ कार्तिक १२ गते सोमवार